मानवअधिकारको गाडीबाट खोसेर प्रकाण्डलाई प्रहरीले पक्रियो
काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका नेता खड्गपबहादुर बिक ‘प्रकाण्ड’लाई प्रहरीले सर्वोच्च अदालतबाट बाहिर निस्कन लाग्दा शुक्रबार साँझ पक्राउ गरेको छ। प्रकाण्ड राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा सर्वोच्च अदालतबाट बाहिरिन लागेका थिए।











