नयाँ मुलुकी संहिता सच्याउने ओलीको बाचा ! - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

नयाँ मुलुकी संहिता सच्याउने ओलीको बाचा !



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्ण र अनावश्‍यक कुराहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको बताएका छन्।

संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘आज मुलुकी संहिताको पहिलो दिन हो। यसमा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार पुन: छलफलको माध्‍यमबाट सच्‍याउन तयार छ।’

प्रधानमन्त्री ओलीले मुलुकी ऐन सरकारले आफूखुसी नभएर गत वर्ष नै निर्वाचित जनप्रधिनिधिबाट पास भएर लालमोहर लागेको दाबी गरे। उनले भने, ‘मुलुकी संहितामा दुई कार्यकालका सांसदहरुले व्‍यापक छलफल गरेर लालमोहर लगाएका छन्। अब यसमा विरोधका लागि विरोध गरेर के हुन्छ?’

उनले जनप्रतिनिधिले बनाएको मुलुकी संहितालाई सरकारले जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्ने गरेको बताए। उनले भने, ‘नेपालको शासन प्रणालीमा जनप्रतिधि स्वयमले सुझाव दिएर ल्‍याएको मुलुकी संहितालाई जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्नु हो।’