बुटवलमा कांग्रेसको वृहद प्रदर्शन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवलमा कांग्रेसको वृहद प्रदर्शन !



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध बृहत्त विरोध प्रदर्शन गरेको छ । कर वृद्धिको विरोधमा कांग्रेसले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको हो ।

बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म करवृद्धि गरेको भन्दै कांग्रेसले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

अस्पताललाइनबाट नाराबाजीसहित सुरु भएको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेको थियो । कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।