प्रचण्डले भने: यहाँ हामीले चाहेजस्तो केहि हुँदैन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले भने: यहाँ हामीले चाहेजस्तो केहि हुँदैन !



नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बर्षे जनयुद्धका क्रममा ठूलो अपेक्षा राखेपनि अन्तिम परिणाम चाहिँ निकै सानो हुने आशंका गरेका छन् । नेपाल मण्डल पर्यटन महोत्सब कार्यक्रममा बोल्दै प्रचण्डले भुसुनो निस्कने खतरा औंल्याएका छन् ।

‘कुनै कविले मैले एउटा ड्र्यागन (ठूलो जनावर) रोपेको थिएँ तर फल काट्ने बेलामा त भुसुनो पो निक्लियो भनेका थिए’ प्रचण्डले भने, ‘जनयुद्धका क्रममा कल्पना गरिएको त महान् चिजको थियो । तर त्यसबाट निस्कँदा भुसुनो त निस्कने त होइन भन्ने खतरा भएजस्तो जस्तो महसुस हुन्छ ।’

यद्यपी, उनले पुरै आशा चाहिँ मारेनन् । ‘तर, समग्रमा चाहिँ हामी अगाडि नै बढेका छौँ, आउने पाँच बर्षभित्र हामीले नयाँ र समृद्ध नेपालको गोरेटो कोर्नु नै छ’ प्रचण्डले भने, ‘त्यसको विकल्प हामीसँग छैन ।’

यसो भन्नुअघि उनले जनयुद्ध सुरु गर्नुअघिका १० बर्ष आफूले नेपालको इतिहासको अध्ययन गरेको सुनाए । उनले भने, ‘मैले जतिबेला गणतन्त्रको आन्दोलनको परिकल्पना गर्दै थिएँ, मेरो अध्ययनको विषय नेपालको इतिहास नै थियो ।’

इतिहासको त्यही अध्ययनले आफूलाई गणतान्त्रिक आन्दोलनतिर देशलाई लिएर जाने, संघीयता र समावेशिता, समानुपातिकतातिर लिएर जाने बाटोमा डोर्‍याएको प्रचण्डले बताएका थिए ।