झाँक्री एक्कासी बिरामी, वीरको भीआईपी कक्षमा उपचार हुँदै
काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि झाँक्री बुधबार वीर अस्पताल भर्ना भएकी छन् ।












