आर्यनको केस अब भारतका पूर्व महान्यायाधिवक्ताले लड्ने - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

आर्यनको केस अब भारतका पूर्व महान्यायाधिवक्ताले लड्ने



ड्रग्स केसमा समातिएका शाहरुख खानका छोरा आर्यन गत अक्टोबर ३ तारिखदेखि जेलमा छन्। आफ्ना छोराको जमानतका लागि शाहरुख दिनरात कुदाकुद गरिरहेका छन्।

शाहरुखले आर्यनको केस एकपछि अर्को चर्चित वकिलको हातमा दिएका छन् तर अहिलेसम्म कुनै पनि वकिलले आर्यनलाई जमानत दिलाउन सकेका छैनन्।

सबैभन्दा पहिले आर्यनको केस हाइ प्रोफाइल वकिल सतीश मानसिन्देले हेरेका थिए। सलमान खानको हिट एण्ड रन, सञ्जय दत्तको मुम्बई ब्लास्टदेखि रिया चक्रवर्तीको ड्रग्स केस हेरेका मानसिन्देले आर्यनलाई जमानत दिलाउन सकेनन्।

त्यसपछि केस हातमा लिएका अमित देसाईले पनि आर्यनलाई जेलबाट निकाल्न सकेनन्। यसअघि उनले सलमानलाई हिट एण्ड रनको केसबाट बाहिर निकालेका थिए।

अब आर्यनको जमानत निवेदनको सुनुवाइ मुम्बई उच्च अदालतमा हुँदै छ। मानसिन्दे र देसाईले नसकेपछि शाहरुखले अब वरिष्ठ वकिलहरूलाई केस सुम्पेका छन्।

आर्यनको जमानतको लागि उच्च अदालत भारतका पूर्वमहानायाधिवक्ता मुकुल रोहतगीले वकालत गर्नेछन्। उनी सन २००२ मा गुजरातमा भएको बम हमलाको केसमा सर्वोच्च अदालतमा राज्य सरकारका वकिल थिए। केही दिनअघि मात्र एउटा अन्तर्वार्तामा उनले आर्यनलाई जमानत दिनुपर्छ भनेका थिए।