ओलीले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओलीले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ?



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनका अनुसार, आज अपराह्न ४ बजे स्थायी कमिटी बैठक बस्नेछ।

आजको स्थायी कमिटी बैठकका दुई वटा अजेन्डा रहेका छन्। बैठकमा वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने कार्यालय सचिव तामाङले बताए।

त्यस्तै, आगामी राष्ट्रिय महाधिवेशन पनि स्थायी कमिटी बैठकको अजेन्डा रहेको छ। जसमा महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुने भएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्र बाहेक देशभर एमालेका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। अब जिल्ला र प्रदेश अधिवेशन हुनेछ। त्यसपछि मंसीरमा राष्ट्रिय महाधिवेशन हुने तय गरिएको छ।