२० महीनादेखि रोकिएको कोरिया खुल्यो, मलेसिया पनि खुल्दै - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

२० महीनादेखि रोकिएको कोरिया खुल्यो, मलेसिया पनि खुल्दै



काठमाडौं- करिब २० महीनादेखि रोकिएको ईपीएस पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया शुरु भएको छ। बुधबार पहिलो चरणमा कोरियाबाट फर्किएर यतै रोकिएका ४८ जनालाई कोरिया पठाइएको छ।

ईपीएस प्रणालीबाट कामदार पठाउने रोकिएको प्रक्रिया पूरा गरी पुनः पठाउन थालिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ईपीएस परीक्षा पास गरेका १० हजार श्रमिक कोरिया जान पर्खेर बसेका छन्।

यस चरणमा एकपटक कोरिया गएर बिदामा फर्किएका ११९ जनालाई पठाउन लागिएकोमा ईपीएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका सबै श्रमिकलाई विस्तारै पठाइने छ।

यस्तै नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा पनि रोजगारीको बाटो खुलेको छ।