संसद बैठकमा अनौठो घटना – यस्तो छ नालीबेली
काठमाडौँ -मङ्गलबारको संसद बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हङ्गामा भयो ।











