कञ्चनपुरमा यात्रुवाहक भ्यान एकापसमा ठोकिँदा दुई जनाको मृत्यु ,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ आमखैया जंगल नजिक मंगलबार अपरान्ह दुईवटा यात्रुबाहक भ्यान एकआपसमा ठोकिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने भ्यानमा सवार ११ जना घाइते भएका छन् ।











