कञ्चनपुरमा यात्रुवाहक भ्यान एकापसमा ठोकिँदा दुई जनाको मृत्यु , ११ घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कञ्चनपुरमा यात्रुवाहक भ्यान एकापसमा ठोकिँदा दुई जनाको मृत्यु , ११ घाइते



कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ आमखैया जंगल नजिक मंगलबार अपरान्ह दुईवटा यात्रुबाहक भ्यान एकआपसमा ठोकिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने भ्यानमा सवार ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका-४ का २४ वर्षीया रिना चौधरी र उनका एक वर्षीय छोरा रिदम चौधरीको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नम्बरको हाइस र धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बा १० ज ४९१८ नम्बरको म्याजिक भ्यान एकआपसमा ठोक्किएका हुन् । घाइते सबैको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने हाईस चालकलाई  ईलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ ।