सरकार, कहिले उठ्छ काठमाडौंको फोहोर ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकार, कहिले उठ्छ काठमाडौंको फोहोर ?



फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन ।

राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेनन्,’ उनले भने । फोहोरको रास माथि गाडी गुड्नु परेपछि यस्तो नभए के होस् । ’ सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको उनले बताए।

पाँच दिन अघि फोहोर बोकेर ल्याण्ड फिल साइट पुगेका केही ट्रकहरू भने काठमाडौ महानगर पालिकाको डोजरको साहायताले सोमवार फोहोर फ्याँक्न सफल भएका छन् । ‘पाँच दिन भयो फोहोर लिएर आएको । आज घोप्ट्याउन पाइन्छ की जस्तो छ,’ फोहोर बोकेर सिसडोल पुगेका ट्रक चालक सुव्वा थिङले भने ।

वर्षा लागेपछि सिसडोलमै पाँच घण्टादेखि तीन दिनसम्म फोहोर घोप्ट्याउन फोहोरको थुप्रोमै कुर्नु परेको उनले गुनासो गरे। ‘अब त यहाँबस्दा बस्दै फोहोर गन्हाउन पनि छाडिसक्यो । सजिलैसंग फोहोर फाल्न पाए आउने वित्तिकै फकिन सकिन्थ्यो,’ उनले भने, ‘तर यो समस्या वर्षैदेखि यस्तै छ।’