प्रमुख समाचार Archives - Page 4 of 880 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

३२ करोड रुपैयाँ कर्जा अपचलन- कामना सेवा विकास

झापा । कामना सेवा विकास बैंकका चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

प्रधानमन्त्रीसँग रविले भने- त्यसो भए सरकारलाई हाम्रो समर्थन रहन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार

बैंकको ‘टर्चर’का कारण अर्का व्यापारीले पनि गरे आत्महत्या

विराटनगर- व्यवसायमा लगातार असफलता पाएर संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको समाचार सेलाउन नपाउँदै अर्का व्यापारीले पनि आत्महत्या गरेका छन् । मोरङका व्यवसायी मोहन न्यौपानेले बैंकको ऋणका कारण आत्महत्या

मिटरब्याजी तिलकको चंगुलमा परेको कर्णाली डेभलपमेन्ट बैंक अनुसन्धानमा तानियो

कर्णाली बैंक डुबाउने खेलोमा लागेका मिटरब्याजी तिलक सम्पत्ति शुद्धिकरणको ‘क्लोज मोनिटरिङमा’ मन्जु नेपाली/ बाँके – नेपालगंजस्थित कर्णाली डेभलपमेन्ट बैंकको आधा भन्दा बढी निक्षेप रकम मिटरब्याजी तिलक बिकले विभिन्न माध्यममार्फत दुरुपयोग

विद्यालय गुणस्तर सुधार अनुदानमा करोडौंको चलखेल, सेटिङमा धन्दा चलाउँदै लामा

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्व बैंकको ऋण सहयोगबाट सञ्चालित योजनामा करोडौं रुपैयाँको चलखेल भएको खुलासा भएको छ। मन्त्रालय अन्तर्गतको  इभेन्ट परियोजना शाखालाई एक कर्मचारीले भ्रष्टाचारको अखडा बनाएका

डा. सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

काठमाडौँ- चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा

दुर्घटना अपडेट- जीवित भेटिएका यात्रुहरूको पनि निधन

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ । जीवित भेटिएका कतिपय यात्रुहरूको पनि निधन भएको बताइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज

भारत र थाइल्याण्डका एयरलाइन्सले वर्षौदेखि चलाएका थिए यो जहाज

आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाज कति पुरानो हो भन्ने सबैको चासो बढेको छ । दुर्घटनामा परेको उक्त जहाज साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ। जहाजबारे जानकारी दिने

विमान दुर्घटना अपडेट- प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । उपप्रधान र गृहमन्त्री सहित उनी पोखरा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । “हामी केहीबेरमै पोखरा प्रस्थान गर्दैछौं ।

कांग्रेसको नयाँ अफरले राजनीतिमा तरङ्ग- अर्को गठबन्धन बन्ने सम्भावना

काठमाडौं- नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको छ । प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अफर समेत गरेको छ । देउवाले आफ्ना विश्वासपात्रमार्फत

प्रचण्ड भारत जाँदा नभेटेका मोदीले दिए सबैभन्दा पहिले प्रचण्डलाई बधाई

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। प्रचण्ड चार महिना अगाडी भारत जाँदा भेट नदिएका मोदीले उनी प्रधानमन्त्री बनेलगत्तै बधाई दिएका छन् ।

रामचन्द्र भन्छन्- देउवाकै कारण सबै सकियो, यसमा प्रचण्डको दोष छैन

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । गठबन्धन टुट्नुमा देउवाकै कमजोरी रहेको उनले बताएका छन् । उनले देउवालाई पार्टीबाट कुनै दवाव नभएको