विमान दुर्घटना अपडेट- प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

विमान दुर्घटना अपडेट- प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । उपप्रधान र गृहमन्त्री सहित उनी पोखरा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

“हामी केहीबेरमै पोखरा प्रस्थान गर्दैछौं । प्रधानमन्त्री सहित उपप्रधान, गृह र अन्य मन्त्रीहरु पनि जाने कुरा छ,” एक सचिवालय सदस्यले भने ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एनएएनसी एटीआर विमान आइतबार पोखरा विमानस्थलनजिक दुर्घटना भएपछि स्थलगत निरिक्षण गर्न उनी पोखरा जान लागेका हुन् । उक्त दुर्घटनामा चालक दलका चारसहित ७२ जना सवार थिए ।

काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको विमान पोखरा महानगरपालिका–७ र १५ को बीचमा रहेको खोँचमा खसेको थियो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।