बाबुराम भन्छन्- नयाँ शक्ति बनाउने अभियानमा असफल भएँ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बाबुराम भन्छन्- नयाँ शक्ति बनाउने अभियानमा असफल भएँ



काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन्। उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर जान खोज्दा धोका खाएको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर भट्टराईले गल्ती कमजोरी सच्याएर पुनः अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका उल्लेख गरेका छन्।

‘हामीले २०७२ सालमा नयॉ अग्रगामी विचार सहितको ‘नयॉशक्ति’ को आवश्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन’, उनले लेखेका छन्, ‘केही समय यता हामी आफ्ना गल्तीकमजोरी सच्याएर नयॉ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ।’

भट्टराईले यो बिचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक रहेको बताएका छन्।