प्रचण्ड भारत जाँदा नभेटेका मोदीले दिए सबैभन्दा पहिले प्रचण्डलाई बधाई - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

प्रचण्ड भारत जाँदा नभेटेका मोदीले दिए सबैभन्दा पहिले प्रचण्डलाई बधाई



काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। प्रचण्ड चार महिना अगाडी भारत जाँदा भेट नदिएका मोदीले उनी प्रधानमन्त्री बनेलगत्तै बधाई दिएका छन् ।

मोदीले प्रचण्डलाई बधाई दिँदै भारत र नेपालको सम्बन्ध अद्धितीय र जनस्तरमा रहेकाले नयाँ प्रधानमन्त्रीसंग मिलेर थप काम गर्ने बतएका छन्।

आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई मोदीले आइतबार राति बधाई दिएका हुन्। मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका छन्।

‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा प्रचण्डलाई हार्दिक बधाई। भारत र नेपालबीचको सम्बन्ध सांस्कृतिक र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’ मोदीले लेखेका छन्।