यमाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर : बिर बहादुरले पाए सुनको सिक्का  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यमाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर : बिर बहादुरले पाए सुनको सिक्का 



टीकापुर । नेपालका लागि यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि. ले नयाँ बर्ष २०७६ लाई लक्षित गरी ह््याप्पी न्यू यामाहा अफर योजना ल्याएको छ ।

यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । साथै हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनुहुनेछ जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउने जनाईएको छ ।

आइतबार ह्याप्पी न्यु यामाहा आफर योजना अनुसार टीकापुरस्थित जानकी ट्रेडस एण्ड सप्लायर्सले साप्ताहिक लकी ड्र को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मुनुवा–९ का वीरवहादुर थारुले सुनको सिक्का जितेको जानकी ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर अनिल रावलले जानकारी दिनुभयो । साप्ताहिक लकी ड्र मा १७ जना सहभागि रहेका थिए । यसैगरि हप्ताको आइतबार साप्ताहिक लकी ड्र खोलिने रावलले जानकारी दिनुभयो ।

रावलले यहि चैत्र २४ गतेदेखि २८ गते सम्म टीकापुरको भानु चोक कान्छी बजारको खुला मैदानमा यमाहा महा मेला लाग्ने पनि बताउनुभयो । महा मेलामा मोटरसाइकल एक्सचेन्ज गरिने, प्रि चेक अफ गरिनुका साथै सांगेतिक कार्यक्रम पनि रहेको रावलले जानकारी दिनुभयोे । उहाँले मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइक तथा स्कुटरको न्यूनतम मुल्यांकन रु. ३० हजार रहेको र प्रचलित बजार मुल्य भन्दा रु. १० हजार थप मूल्य दिने जानकारी दिनुभयो ।