चन्द्र ढकालको पाथिभरा केवलकार योजना खारेज गर्ने सरकारको तयारी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

चन्द्र ढकालको पाथिभरा केवलकार योजना खारेज गर्ने सरकारको तयारी



ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ।

स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो मुन्धुमी सभ्यता र सांस्कृतिक पहिचानमाथिको अतिक्रमण भन्दै लामो समयदेखि निरन्तर विरोध गर्दै आएका थिए। आन्दोलनरत पक्ष र सरकारबीच यसअघि निर्माण कार्य स्थगित गर्ने सहमति भए पनि निर्माण पक्षले काम अघि बढाएपछि विवाद थप चर्किएको थियो।

विवाद बढ्दै गएपछि सरकारले गरेको प्रारम्भिक छानबिनका क्रममा उक्त परियोजनामा गम्भीर नीतिगत भ्रष्टाचार, वातावरणीय प्रभाव मूल्यांकन (IEE) प्रक्रियामा अनियमितता र जग्गा खरिद-बिक्रीमा अपारदर्शी कारोबार भएको फेला परेको छ।

सोही छानबिनका आधारमा सरकारले परियोजनाका सम्पूर्ण फाइलहरूमाथि विस्तृत अनुसन्धान सुरु गर्दै निर्माण कार्य पूर्ण रूपमा रोक्ने र दोषी पाइएमा निर्माण पक्ष तथा सम्बद्ध अधिकारीहरूमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।