बुटवल उवासंघ अधिवेशन- अर्याल समूहलाई उद्योगी, व्यवसायीको साथ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवल उवासंघ अधिवेशन- अर्याल समूहलाई उद्योगी, व्यवसायीको साथ



बुटवल- २२ असोज देखि बुटवल उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् । यस पटकको अधिबेशनमा नेतृत्वका लागि हरिप्रसाद अर्याल प्यानल नै बनाएर दिनेशप्रसाद श्रेष्ठको प्यानलसँग चुनावी मैदानमा छन् ।

बुटवलका व्यवसायी तथा उद्योगी अर्याललाई सवल र सक्षम व्यवसायीको रुपमा चिन्दछन् । व्यवसायीको हकहितका लागि लामो समयदेखि उनी उद्योगबाणिज्य संघमा विभिन्न समयमा विभिन्न पदमा आवद्ध छन् । उनै अर्यालले आफूलाई उद्योगी, व्यवसायीहरूको साथ रहेकाले चुनाव आफ्नो समूहले जित्ने बताएका छन् ।

अघिल्लो निर्वाचनमा हालका अध्यक्ष उज्वल कसजुसंग केही मतले नेतृत्वमा आउनबाट रोकिएका अर्याल यस पटक सवै उद्योगी, व्यवसायीको आफुलाई साथ भएको बताउँछन् । ‘व्यवसायीहरुले केही नयाँ पन खोज्नुभएको छ । त्यो नयाँ पन मेरो साझा प्यानलमा छ । त्यसैले पनि साझा उम्मेदवारहरुलाई व्यवसायको साथ र समर्थन हुन्छ भन्नेमा विश्वास छु’ उनले भने ।

एजेण्डाका हिसावले बुटवलको बजारलाई व्यवस्थापन गर्ने, उपमहानगरपालिकासँग सहकार्य गर्ने, घर धनि र व्यवसायीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न आफु लाग्ने उनले बताए । ‘आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सकिन्छ । नै मेरो मुख्य एजेण्डा हुन’ उनले भने ।

बुटवलमा पछिल्लो समय धेरै सटरहरु खाली भएको र व्यापारमा मन्द आएको बताउँदै उनले यसको समधानका लागि पनि आफु गम्भिर भएर लाग्ने बताए । व्यवसायीलाई कसरी स्थापित गर्ने र आईपरेका समस्यासंग कसरी समधान गर्ने भन्ने विषयमा आफु गम्भिर भएको भन्दै यसको समधानका लागि बुटवलमा रहेका सवै व्यवसायीक संघ संस्थाहरुसंग आफुले सहकार्य गर्ने समेत उनले बताए ।

‘बुटवलमा व्यवसायीक संस्थाहरुमा व्यवसायिक चरित्र कमजोर हुँदै जाँदा व्यवसायीक संस्था बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नुपर्छ । व्यवसायीक एजेण्डाहरुलाई छलफल र बहस गर्न पनि गर्नुपर्छ । उस्तै प्रकृतिका संस्थाहरुसँग सहकार्य गर्न सक्यो भने स्वभाविक रुपमा स्थानीय हाम्रो आर्थिक गतिविधि र साँगठनिक संरचनामा परिर्वतन आउँछ’ उनले भने ।

बुटवललाई पर्यटनको विकाससंग जोड्न सकेमा पनि अर्थतन्त्र चलायमान हुने अर्याल बताउँछन् । त्यसैले पर्यटकिय गतिविधि बढाउन स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकारसंग आफुले पहल कदमी गर्ने उनले बताए ।

साथै उनले घरदैलोको कार्यक्रममा व्यवसायीहरुले दिएका सुझावहरुलाई समष्टिगत गर्दै समधानका लागि पहल गर्ने समेत बताए । घरदैलोको क्रममा व्यापारीहरुबाट सटर भाडा, कर, सम्पत्ती कर लगाएतका विषयमा धेरै गुनासो आएको भन्दै यी समस्याको समधान आफ्नो प्यानलले गर्ने प्रतिबद्धता समेत उनले जनाए । अर्याल प्यानलका थप प्रतिबद्धताहरु यस्ता छन्

१. बुटवल उपमहानगरपालिकासँगको सहकार्य
क. मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, बार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने ।
ख. बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको व्यबसाथ करको दर घटाउन प्रयत्न गर्ने । यसरी घटाउँदा कम हुन आउने रकम उपमहानगरभित्र व्यवसाय करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याई नियमित स्रोतको सुनिश्चितताको प्रयत्न गर्ने ।
ग. सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क शृशर गराई आकर्षक बनाउन प्रयत्न गर्ने ।
घ. २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने ।
ड. सडकमा देखिने छाडा चौपायाको व्यवस्थापनमा सहकार्य गर्ने, बुटवल उपमहानगर र बुटवल उद्योग वाणिज्य सङ्घ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सहसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने ।


२. कर तथा राजस्व सम्बन्धमा
क. संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गने, छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालवस्तुको खरिद विक्रीमा विलसँगै ख्ऋत्क् गर्ने पर्ने बाध्यात्मक व्यवस्थाको सहजीकरणको तत्काल प्रयत्न गर्ने ।
ख. कर, राजस्व र भन्सारका अधिकृतहरूसँग संघका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमाजानकारी गराउने ।
ग. एक दिन मात्र पनि ढिला हुँदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको संशोधनका लागि पहल र प्रयन गर्ने ।


३. तत्काल मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला बोलाउने ।
४. अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासङ्गमार्फत प्रयत्न गर्ने ।
५. उद्योग र व्यापार क्षेत्रका विशिष्टीकृत समस्याको पहिचान र निधानका लागि सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवाला व्यवसायी विच नियमितः अन्तक्र्रियात्मक कार्यक्रम गर्ने ।
६. पछि तीन वर्ष यताको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ विमा प्राधिकरण र अर्थमन्त्रालयविच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्ने ।
७. भन्सार कार्यालयहरुबाट रु. १००÷– भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महसुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने ।
८. विद्युतको ३ फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र क्रोनिक बनेको ट्रंकलाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्ने ।
९. सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर केबुलकार र सञ्चालनको संघारमा रहेको बुटवल नुवाकोट केबुलकार सञ्चालनले नेपालको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा बुटवललाई स्थापित गराउन देशभर रहेका जिल्ला नगर उद्योग वाणिज्य संघहरूमार्फत बुटवल जाऔँ अभियान सञ्चालनमा साथ दिन आव्हान गर्ने ।
१०. लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यकामा स्थान्तरण भएता पनि प्रदेश सरकारका महत्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल प्रयत्न गर्ने ।
११. बुटवल बजार क्षेत्रभित्रका व्यवसायीहरूको ढुवानीका कारण उत्पन्न समस्याको सहजीकरण गर्न प्रयत्न गर्ने ।