भिजा त्यागेर च्याउ खेतीमा लागे युवा   - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

भिजा त्यागेर च्याउ खेतीमा लागे युवा  



डडेल्धुरा । भनिन्छ , राम्रो सङ्ग काम गरियो भने सुन पनि फलाउन सकिन्छ । त्यस्तै उदाहरणका रुपमा काम गरिरहेका छ्न डडेल्धुराका यी दुई युवा बिष्णु भट्ट र खेम जाशीले । जिल्लाको गन्यापुरा गाउँपालिका वडा नं. १ असिग्रामका २ युवाले खाडी मुलुकको भिजा त्यागरे च्याउ खेतीमा लागेका छन् ।

पाँच लाखको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी व्यवसायिक च्याउ खेती सुरु गरेका छ्न । मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा बिष्णु भट्टले काठमाडौँमा च्याउ खेती सम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु गरेका हुन । त्यस्तै अर्का कोरीयन भाषा समेत पढीसकेर कोरीया जान मनसाय बनाएका खेम जाशीले उनलाई साथ दिइरहेका छन ।

बुधबार एक कार्यक्रमबीच गन्यापुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले च्याउ र्फमको उद्घाटन गरेको छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले युवाहरुले गरेको च्याउ खेतीको प्रसंशा गर्दै एक महिनाभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छन् ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई प्राविधिक सहयोगका लागि सधै तयार रहेको बताएका छन् ।