सुखडमा यहि पुस २८ देखि बृहत्  घोडाघोडी साँस्कृतिक महोत्सव हुदै , तयारी सुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुखडमा यहि पुस २८ देखि बृहत्  घोडाघोडी साँस्कृतिक महोत्सव हुदै , तयारी सुरु



विशाल पाण्डेय
सुखड , कैलाली ।।
कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा शिक्षा तथा प्राकृतीक संरक्षण बिकास मञ्च सुखडको आयोजनामा यहि पुस २८ गते देखि माघ ५ गते सम्म हुुुने बृहत्  घोडाघाडी साँस्कृतीक महोत्सवको तयारी सुरु भएको छ ।

“शिक्षा ,संस्कृती , प्रर्यटन र व्यापार घोडाघोडी नगर समृद्धीको आधार ” भन्ने मुल नाराका साथ महोत्सव आयोजना हुन लागेको  शिक्षा तथा प्राकृतीक बिकास मञ्चका अध्यक्ष तथा महोत्सव प्रचारप्रसार समिति का संयोजक दिपेन्द्र शाहिले हिमाल पोस्टलाइ बताएका छ्न ।

महोत्सवलाई आर्थिक सहयोग घोडाघोडी नगरपालिकाले गरेको छ भने विशेष सहयोगिको रुपमा
घोडाघोडी उद्योग वाणिज्य संघ रहेको कार्यक्रम संयोजक नवीन क्षेत्रीले जानकारी दिए ।
करिब १२ लाखको लगानी  लाग्ने महोत्सवमा १५ लाख सम्मको कारोवार हुने र महोत्सवबाट बचेको रकम  टुहुरा वालवालिका, अपांगता ,वृद्धबृद्धाहरुका लागि सहयोग गर्ने मुख्य उदेश्य रहेको महोत्सव संयोजक क्षेत्रीले बताए  ।

पुस २८ गते बाट सुरु हुने महोत्सवलाई व्यवस्थीत तरिकाले सम्पन्न गर्नको लागी ५ वटा मुल समिती र १५ वटा छुट्टाछुट्टै  उप समिती गठन गरीएको र महोत्सव अवधिभर रास्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती ,रमाइलो मेला,थारु गाँउ ,मगर गाँउ महोत्सवको मुख्य आकर्षण रहेको संयोजक क्षेत्रीले  बताए  । महोत्सव अवलोकनको लागी विद्यार्थी तथा बृद्ध बृद्बालाई  रु. ४० र अन्यलाई रु . ५० को टिकट ब्यवस्था गरिएको समेत क्षेत्रीले जानकारी दिए ।

त्यस्तै उक्त महोत्सवलाई सफल पार्नको लागि विभिन्न देशमा रहनु भएका  ब्यक्ती वा  संघ संस्थाहरु मिलि करिब १ लाख सहयोग आइसकेको र अरु सहयोग आउने क्रम जारी रहेको महोत्सव संयोजक नवीन क्षेत्री ले जानकारी दिए ।  महोत्सवमा ३५ वटा स्टल रहने छन्  ।