साना किसान कृषि सहकारी संस्थाकाे ८ औं बार्षिक साधारण सभा सम्पन्न  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साना किसान कृषि सहकारी संस्थाकाे ८ औं बार्षिक साधारण सभा सम्पन्न 



राम बहादुर बिश्वकर्मा

सुखड ,कैलाली । कैलालीको घाेडाघाेडी नगरपालिका -१ सुखडमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ८ औं बार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ।

साना किसान सहकारी संस्था लिमिटेड अध्यक्ष इन्द्रा देवी बिक काे सभापतित्व संगै सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि घाेडाघाेडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहनु भएकाे थियो । त्यस्तै विशिष्ट अतिथि साना किसान कृषि सहकारी संस्था तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य पदमराज रिजाल , साना किसान बिकास लघुबित्त बित्तिय संस्था ईलाका कार्यलय अत्तरियाका प्रबन्धक बिदुर अर्याल, इलाका प्रशासन कार्यलय सुखडका प्रमुख धन प्रसाद जोशी र घाेडाघाेडी उद्योग बाणिज्य संघका अध्यक्ष जियालाल आचार्य रहनुभएको थियो । त्यस्तै अतिथिमा घाेडाघाेडी नगरपालिका अन्य जनप्रतिनिधि र विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति कार्यक्रम भएकाे थियाे ।

कार्यक्रमका प्रमुखकाे आसनबाट बाेल्दै घाेडाघाेडी नगरपालिका उप प्रमुख प्रेम कुमारी थापाले सम्पूर्ण नगरपालिका भित्र रहेका सहकारीलाई सहयाेग गर्न घाेडाघाेडी नगरपालिका तयार रहेकाे बताउनु भएको छ।
साथै यस संस्थाकाे सफलता शुभकामना समेत व्यक्त गर्नुभएकाे थियो ।

त्यस्तै कार्यक्रम आर्थिक बर्ष २०७५/७६ काे आय व्यय प्रस्तुत गरिएको थियाे । जसअन्तर्गत ६२ लाख २४ हजार ५ सय ८६ रुपैयाँ ३७ पैसा बराबर काे आय र ४६ लाख २५ हजार ३ सय ९२ रुपैयाँ ७६ पैसा बराबर व्यय प्रस्तुत गरिएको थियाे । साथै संस्थालाई १५ लाख ९९ हजार २ सय ९३ रुपैयाँ ४३ पैसा बराबर नाफा प्राप्त भएकाे जानकारी दिइएको थियो ।

लेखा समति सदस्य शुशिला थापाकाे स्वागत मन्तव्य संगै सुरु भएकाे कार्यक्रमको संञ्चालन संचारकर्मी इन्दु केसीले गर्नु भएकाे थियो ।