राइट एन्ड एसोसियट्सको बुटवलमा शाखा बिस्तार - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

राइट एन्ड एसोसियट्सको बुटवलमा शाखा बिस्तार



बुटवल । राइट एन्ड एसोसियट्स एजुकेसन कन्सल्टेन्सीले बुटवलमा आफ्नो कार्यालयको स्थापना गरी सेवा बिस्तार गरेको छ।

रामनवमी को शुभ अवसर पारी भव्य समारोहका बिच कन्सल्टेन्सीको पाल्पा रोड, बुटवलमा रहेको कार्यालयको समुद्घाटन गरिएको छ ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथीका रुपमा शैक्षिक परामर्शदाता महासंघका केन्द्रिय अद्यक्ष प्रकाश पाण्डे, बिशिस्ट अतिथी रुपन्देही शैक्षिक परामर्शदाता संघका अध्यक्ष  सुनिल राज जोशी र राइट एन्ड एसोसियट्स काठमाडौंका प्रबन्धक नबिन बिष्टले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा राइट एन्ड एसोसियट्स चितवनका निर्देशक देवेन्द्र राज रेग्मीले संस्थाको बिगत, बर्तमान र भावी योजना हरुको बिषयमा प्रकाश पार्नु भयेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले शैक्षिक परामर्शको काम सिधै विद्यार्थीको भविस्यसङ्ग जोडीने हुनाले शैक्षिक परामर्शदाता संस्थाहरुले जिम्मेवारीपुर्वक काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। पाण्डेले शैक्षिक परामर्शको क्षेत्रमा राइट एन्ड एसोसियट्सले गरेको कामको प्रसन्शा गर्दै संस्थाको बुटवल कार्यालयको उद्घाटनको उपलक्ष्यमा सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा राइट एन्ड एसोसियट्स बुटवलका निर्देशक सन्जय केसी ले राइट एन्ड एसोसियट्सले विद्यार्थीहरुलाई सत्य तथ्य सुचना दिई उनिहरुको सुनौलो भविश्य सुनिस्चित गराउने कुरामा कटीबद्ध भएको कुरा जानकारी गराउनुभएको थियो। शैक्षिक परामर्शको क्षेत्रमा लामो ईतिहास र अनुभव बोकेको यो संस्थाले हजारौ विद्यार्थीहरुलाई अस्ट्रेलिया अमेरिका लगायत बिभिन्न देशका कलेज र युनीभर्सिटीमा उच्च अध्ययनको लागि परामर्श सेवा प्रदान गरीसकेको कुरा जानकारी गराउनु भएको थियो।

अस्ट्रेलियामा उच्च अध्ययनको लागि सुलभ सेवा दिने उदेश्यले राइट एन्ड एसोसियट्सले अस्ट्रेलियाको सिड्नी, मेल्बोर्न ,क्यान्बेरा र रकडेलमा तथा नेपालमा काठमाडौं, चितवन र बुटवलमा समेत कार्यालय स्थापना गरी सेवा प्रदान गरी रहेको कुरा जानकारी गराउनु भयो ।

राइट एन्ड एसोसियट्स बुटवलका एड्मिन अफिसर सुमन अधिकारीले संस्थाको बुटवल कार्यालय स्थापनाको शुभ अवसरमा IELTS का कक्षाहरु र अस्ट्रेलिया प्रोसेसिङमा बिशेष छुट र मेघावी विद्यार्थीहरुलाई स्कलरशिपका योजनाहरु बारे जानकारी गराउदै विद्यार्थीहरुलाई यो अवसरको फाईदा उठाउन आव्हान गर्नु भएको थियो।

कार्यक्रममा बिभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सैक्षिक संस्थाका प्रतिनिधि, पत्रकार, शैक्षिक परामर्शदाता संस्थाका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।