विविध कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाईयो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विविध कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाईयो



‘कर्णाली नदीको किनारलाई पर्यटकीय गन्तब्य बनाउन सकिन्छ’

लोकेन्द्र रावल
टीकापुर ,कैैैलाली । विश्व पर्यटन दिवसको अवसरमा कर्णाली नदी किनारमा दौलतपुरमा विविध कार्यक्रम गरि मनाईउको छ । टीकापुर पर्यटन समितिको आयोजनामा पर्यटकहरुलाई टीकापुर ५ दौलतपुरस्थित कर्णाली नदी किनारमा पर्यटन विकासबारे छलफल, डल्फिन संग्रहालयको अवलोकन, ¥याफ्टिङ र भलिबल खेलाइएको हो ।

टीकापुर पर्यटन समितिका अध्यक्ष थर्कबहादुर शाहले यो क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउने थुप्रै सम्भावना भएपनि नया“ सोंच र लगानीको अभावमा पर्यटकीय विकास गर्न नसकिएको बताउनुभयो । शाहले भन्नुभयो ‘‘हरेक बर्ष केही न केही कार्यक्रम गर्थ्यौ । यसबर्ष स्थानीय सरकारलाई पनि सहभागी गराएर कार्यक्रम गरेका छौं ।’’ शाहले भन्नुभयो, ‘‘कर्णाली नदी टीकापुरका लागि बरदान हो । पानी, बालुवा, जिवजन्तु डल्फिन र माछालाई अगाल्न सकेमा थप आकर्षण बढ्छ । यसको प्रचार गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं ।’’

होटल व्यवसायीसंगको सहकार्यमा अबको ८ महिना नदी किनारमाबनेको टापुमा निरन्तर पर्यटकीय गतिविधि गर्ने सोंच उहांको छ । पर्यटन समितिले यस क्षेत्रका होटल ब्यवसायीसंग छलफल गरेर पर्यटन भित्र्याउनका लागि विविध गतिविधि गर्ने योजना बनाएको छ । पर्यटन ब्यवसायी शाहले भन्नुहुन्छ ‘‘कर्णाली नदी नजिक रहेका बस्तीमा होमेस्टे संचालन गर्न सकिन्छ, त्यहां आउने पाहुनालाई यस क्षेत्रको संस्कृति प्रदर्शन गरेर पनि आम्दानी गर्न सकिने सम्भावना छ ।’’उहां थप्नुहुन्छ, ‘‘थोरै लगानीमा आर्थिक विकासमा ठूलो सहयोग गर्न सकिन्छ । कर्णाली नदी किनारमा रहेको टापुमा क्याम्प फायर, स्थानीय परिकार बेच्न, बोटिङ, ¥याफ्टिङ गर्न, माछा मारेको दृश्य, सुन चालेको दृश्य, डल्फिन अवलोकन गराउन, भलिबल खेलाउन सकिन्छ । हामी यस्तै गतिविधि गर्ने योजनामा छौं ।’’

टीकापुर ५ का वडा अध्यक्ष रामशंकर डगौरा थारुले कर्णाली नदी किनारसंग टीकापुर पार्क पनि जोडिएका कारण पार्क देखि दौलतपुर घाटसम्म ¥याफ्टिङ चलाउन सकेमा पर्यटक भित्रिने वातावरण बन्ने बताउनुभयो । वडाअध्यक्ष चौधरीले भन्नुभयो ‘‘पर्यटन समितिको कार्य सहनीय छ । आउ“दा दिनमा स्थानीय सरकारले दौलतपुर घाटदेखि पार्कसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाउ“छ ।’’

जुम्लाबाट टीकापुर पहिलो पटक आउनुभएकी अनिता थापालाई कर्णाली नदीमापहिलो पटक ¥याफ्टिङमा रमाउन पाउंदा खुशी लागेको छ । उहांले भन्नुभयो ‘‘कर्णाली नदी किनारमा देखिने रमणीय दृश्य अवलोकन गर्न पाउंदा सबैभन्दा उत्तम ठाउ“ लाग्यो । लगानी गर्न सके राम्रो ठाउ“ रहेछ ।’’कर्णाली नदी किनारमा डल्फिन संग्रहालय समेत निर्माण गरिएको छ । त्यहां कर्णाली नदीमा पाइने डल्फिनका चित्र सजाइएका छन् । सोही स्थानमा पर्यटन व्यवसायी कालु हमालले बनानाज् भ्यु टावर समेत निर्माण गर्नुभएको छ । जसले पर्यटक भित्रिन सहयोग पुगेको छ । पर्यटन तथा कृषि ब्यवसायी कालु हमाल भन्नुहुन्छ ‘‘ हामीकहा“ मन्दिर र ठूला होटललाई मात्रै पर्यटन भनेर बुझ्ने चलन छ । साना साना चिज, स्थान र कुराहरुले पर्यटक तान्न सक्छन् भन्ने सन्देश दिन हामी लागिरहेका छौं ।’’ हमालको नदी किनारमा बरिपरी ६ विगाह केराबारी छ भने बीचमा बनाइएको भ्यु टावरमा टेन्ट, क्पाम्प फायर, ¥याफ्टिङको व्यवस्था, पौडी खेल्न सुइमिङ लगायतको व्यवस्था छ । हमालले भन्नुभयो ,‘‘दौलतपुरदेखि पद्मप्रकाशेश्वर मन्दिर र डल्फिन अवलोकन गर्न सत्तीसम्म एक घण्टा ¥याफ्टिङ रुट प्रवद्र्धन गर्न सकिन्छ ।’’

कार्यक्रमलाई बनानाज ग्रुप , टीकापुर चेम्बर अफ कमर्स, कर्णाली नदी एवम् डल्फिन संरक्षण समूहले सहयोग गरेका थिए ।