२०७५ साउन ४, शुक्रबार

प्रदेश ७ मा चिनी तस्करीबाट वार्षिक ३० करोड राजस्व गुम्दै

March 20, 2018
112 Views
Spread the love
  • 31
    Shares

धनगढी ,कैलाली  । सरकारले गरेको एक अध्ययन अनुसार प्रदेश ७ मा एक व्यक्तीले वार्षिक ४ किलो नुन र ७ किलो चिनी खाने गरेको छन । प्रदेशका झण्डैै २८ लाख जनसंख्यालाई एक वर्षमा २ लाख क्वीन्टल चिनी आवश्यक पर्ने साल्टट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए । तर कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक एक लाख ६५ हजार क्वीन्टल चिनी तस्करी भएर आईरहेको छ ।

प्रदेश नम्वर ७ मा वार्षिक २ लाख क्वीन्टल चिनीको माग हुने गरेकोमा भन्सारको वाटो हुँदै ३० हजार क्वीन्टल मात्रै आउने गरेको छ भने यहाँका चिनी मिलले मागको झण्डै ३ प्रतिशत मात्रै यो क्षेत्रमा विक्री गर्ने गरेका छन । अथात् ५ हजार क्वीन्टल चिनी यहाँको वजारमा जाँदा भन्सारको वाटो भएर एक वर्षमा ३० हजार क्वीन्टल मात्रै आउने गरेको छ । एक लाख ६५ हजार क्वीन्टल चिनी तस्करी भएर भारतवाट आउने गरेको हो ।

प्रदेशका वासिन्दालाई चाहिने मागको ८२ प्रतिशत चिनी चोरी तस्करी हुँदै आईरहेको छ । कञ्चनपुरमा रहेका दुई चिनी मिलले उत्पादन गरेको चिनी अधिकांश देशका अन्य क्षेत्रमा पठाउने सञ्चालकहरु वताउँछन । कैलाली भन्सार कार्यालयका अनुसार माग वर्षेनी वढ्दै चिनीवाट आउने राजश्व वढ्न सकेको छैनन । वर्षमा अधिकतम् २८ हजार क्वीन्टल चिनी भन्सार नाका भएर आउने गरेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर अघिल्लो वर्षमा २ हजार क्वीन्टल चिनी आयात भएको छ । दुवै नाकावाट झण्डै झण्डै ३० हजार क्वीन्टल चिनी आयत हुँदा वर्षमा एक लाख ६५ हजार क्वीन्टल तस्करी भएर नेपाल आउने गरेको हो । चिनी आयात गर्दा प्रति किलोमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी २८ प्रतिशत राजश्व प्राप्त हुने गरेको छ । महँगो भन्सार शुल्का कारण चिनी तस्करीले वार्षिक ३० करोड वढी राजश्व गुमिरहेको छ ।

खुला सीमानाकाको कारणले चीनि तस्करी रोक्न नसकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपिकृष्ण उप्रेतीले जनाए । महङगो भन्सार शुल्कका कारण सीमा नाकावाट चिनीको चोरी तस्करी वढेको हो । महँङगो भन्सार शुल्का कारण तस्करी वढेकोले करभन्दा पनि करको दायरा वढाउनतिर ध्यान दिन सकेमा यसले तस्करी रोकिनुका साथै गुमिरहेको करौडौ राजश्व पनि बढ्ने सुझाव धेरैले दिएका छन् । साभार : दिनेश खबर

Facebook Comments
  • 31
    Shares

You may be interested

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।
विचार/लेख
0 shares168 views
विचार/लेख
0 shares168 views

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।

himal post - २०७५, ४ श्रावण १०:४२

कर्ण अधिकारी। सायद दुई तिहाइको दम्भ भएर होला आजकल कम्युनिस्ट सरकारले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने ख्याल गर्न…

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
समाचार
0 shares108 views
समाचार
0 shares108 views

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

himal post - २०७५, ४ श्रावण १०:३०

विशाल पाण्डेय / सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस…

एकतापछि प्रचण्ड झन बलिया
राजनीति
0 shares618 views
राजनीति
0 shares618 views

एकतापछि प्रचण्ड झन बलिया

himal post - २०७५, ४ श्रावण ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका…