प्रदेश ७ को सबैभन्दा ठूलो चिस्यान भण्डारको शिलान्यास - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रदेश ७ को सबैभन्दा ठूलो चिस्यान भण्डारको शिलान्यास



कैलाली  । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले कैलालीको पहलमानपुरमा प्रदेशकै सबैभन्दा ठूलो क्षमताको  चिस्यान भण्डारको शिलान्यास गरेका छन् । सो चिस्यान भण्डारको क्षमता तीन हजार मेट्रिक टन रहेको कम्पनीका अध्यक्ष रामबहादुर रावतले बताए ।

सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालनले सञ्चालनमा ल्याउन लागेको सो चिस्यान भण्डारको लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको छ । सो चिस्यान भण्डार निर्माणका लागि रिज्मको दुई करोड ९९ लाख ८९ हजार रुपैयाँ अनुदान रहेको छ ।

प्रदेश नम्बर ७ मा हाल दुई हजार मेट्रिक टन क्षमताको सुसन्दीप कोल्ड स्टोर र डडेल्धुरामा एक हजार मेट्रिक टनको उग्रतारा शीत भण्डार सञ्चालनमा छन् ।

सिलन्यास कार्यक्रममा मन्त्री बोहराले निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने चिस्यान भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री वोहराले कैलाली र कञ्चनपुर खाद्यान्न र तरकारी खेतीका लागि उर्वर भए पनि किसानहरूले उत्पादन गरेका खाद्यान्न समयमै विक्री नहुने, सड्ने र कुहिने झन्झट कम हुने पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद अमर साउँदले पनि मन्तव्य व्यक्त गरेका थिए ।