नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई चितवनमा प्रशिक्षण  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई चितवनमा प्रशिक्षण 



चितवन । देशको सफल अनि एक बिश्वासिलो इन्स्योरेन्स कम्पनी नेपाल लाइफ ईन्स्योरेन्सका अभिकर्ताहरुलाई शनिबार प्रशिक्षण दिईएको छ ।

नारायणगढ शाखाकी बरिस्ठ एजेन्सी म्यानेजर लक्ष्मि कंडेलको अगुवाइमा नेपाल लाईफ इन्स्योरेन्सका बरिष्ठ सहायक महाप्रबन्धकद्बारा ईन्स्योरेन्सका अभिकर्ताहरुलाई प्रशिक्षण दिईएको म्यानेजर कंडेलले जानकारी दिनु भयो ।

उमापति पोखरेलको प्रमुख अातिथ्य तथा नारायणगढ शाखाका शाखा प्रमुख रमेश कुमार पौडेलको विशेष उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रमा १०० जना अभिकर्ताहरुको सहभागी रहेको थियो ।