किसानको मुनाफा ७ करोड भन्दा बढी  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

किसानको मुनाफा ७ करोड भन्दा बढी 



इश्वर जैसी / लम्की,कैलाली ।
सहकारीले उत्पादनमा मात्रै जोड नदिइ बजारीकरणका लागि आवश्क वातावरण बनाई दिन हुन भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले आग्रह गर्नु भएको छ ।

शनिबार कैलालीको लम्किमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. को २४ औं वार्षिक साधारणसभा लाइ प्रमुख अथितिको आसन बाट सम्बोधन गर्दै उहाले सहकारीको महत्व बारेमा सबै नागरिकलाइ बुझाइ धेरै मानिसहरुलाइ सहकारीमा जोड्न सकेमात्र समाजमा रहेको गरिबी निवारण गर्न थप सहयोग पुग्नुको साथै गाँउ गाँउमा सहकारी घर घरमा रोजारीको नारा सार्थक हुने बताउनु भएको छ ।

साथै सहकारीले उत्पादन र बजारीकरण गरि आम्दानीको स्रोत बाट नागरिको जीवन स्तरमा सुधार गर्दै गइरहेका बेला नागरिक सँग प्रत्येक्ष सरोकार राख्ने स्वस्थ्य र शिक्षामा पनि सहकारीले जोड दिदा अझै राम्रो हुने बताउनु भएको हो ।

लम्की क्षेत्रमा किसानले उत्पादन गरेका कृषि उपज बस्तुको भण्डारणका लागी किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोल्ड स्टोर बनाउने कुरा अगाडी बढाएको सुन्दा यस कुराले किसानले उत्पादन गरेका कृषि जन्य बस्तुले राम्रो मूल्य पाउने हुदा किसान लाभान्वित  हुने भएकाले कोल्ड स्टोर निर्माणका लागी प्रदेश सरकार सँग आग्रर्ह गर्नुका साथै आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने बताउनु भएको छ ।

उहाले भन्नु भयो, ‘सहकारीले गर्दा आज धेरै मानिसले रोजगारी समेत पाएका छन् । सरकारी तथा निजी क्षेत्र नपुगेका ठाँउमा आज सहकारी पुगेर नागरिको जीवन स्तरमा धेरै परिवर्तन आएको देख्दा आफु निकै खुसि भएको छु ।’ साथै किसान बहुउद्देश्यीय सहकारी संस्था लि.को अझै उत्तर उत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

विशिष्ट अथितीको आसनबाट बोल्दै प्रदेश सांसद रतन थापाले राजनीतीक स्तर बाट जन्ताको सेवा गर्छौ भन्दै मन्त्री तथा सांसद भएकाहरुको पहिले र अहिलेको जीवन शैलीमा आएको बदलाप लाइ जन्ताले राम्रो संँग बिचार गर्न समेत आग्रर्ह गर्नु भएको छ । हिजोका दिनहरुमा साधारण जीवनयापन बिताउने नेताहरु मन्त्री तथा सासद भैसकेपछि बढि विलाशि बनिदिदा जन्ताले चाहेको जस्तो विकास हुन नसकेको आरोप सासद थापाले लगाउनु भएको छ ।

स्थानीय रुपमा विकास निमार्णमा एक लाख मा रु.दश हजार खान खोज्ने उपोभोक्ता समिति देखि लिएर आफ्नो क्षेत्र विकासका लगि आएको करोडौं मा लाखौं तथा अर्बौमा करोडौ कुमलाउन खोज्ने प्रवित्ति मन्त्री तथा सासदहरुमा हावी भएकाले जन्तालाइ आफै चनाखो भएर लाग्न र निर्माणमा भएको खर्चको हिसाब माग्न समेत सल्लाहा दिनु भएको छ ।

त्यस्तै, विशिष्ट अथितीको आसन बाट बोल्दै लम्की चुहा नगरपालीकाका नगर प्रमुख माहादेव बजगाँइले सहकारी सस्थाका आफ्नै मूल्यमान्यता रहेको हुदा त्यसै अनुसारले सहकारीका कर्मचारी चल्न हुन आर्गह गर्नु भएको हो । सरकारले स्थानीय तहमा महङगो कर लागएको भन्दै कर नतिर्ने व्यक्तिहरुलाइ सहकारी संस्थाले पनि बैंकिङग कारोबारमा रोकलगाइ ऋण समेत उपलब्ध नगराउन हुन सल्लाह दिनु भएको छ ।

स्थानिय व्यापारी तथा नागरिकलाइ करको दायरामा आफुले ल्यारै छोड्ने प्रतिबद्धता नगर प्रमूख बजगाँइले बताउदै सहकारी संस्थाको प्रगतिको कामना समेत गर्नु भएको थियो ।

आर्थिक वर्ष २०७३÷०७४ मा रु.१ अर्ब ८१ करोड ४३ लाख ६० हजार १६५ रुपैया रहेको सहकारीमा आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाको कारोबारमा झण्डै २७ प्रतिशतले बृद्धि भई रु २ अर्ब ३० करोड ६५ लाख ८ हजार ९१५ रुपैयाको कारोबार सहकारी सस्थाले गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सहकारी संस्थाले ७ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०५२ सालमा स्थापना भएको सहकारीले महिलाहरुको सशक्तिकरण, आर्थिक रुपान्तरणको मध्यमबाट गरिबी न्यूनिकरण गर्ने उदेश्यले २०६४ साल देखि लघुवित्त कार्यक्रम संचाल गर्दै आइरहेको सहकारी सस्थाले एक दशकको अवधिमा हजारौंको संख्यामा गरीब विपन्न परिवारको आर्थिक जीवनस्तरमा सुधार ल्याउन सकेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताउनु भएको छ ।

कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको सहकारीले हाल बैकिङग कार्यक्रमतर्फ कैलालीको लम्की, टिकापुर र जोशीपुरमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ भने, लघुवित्त कार्यक्रमतर्फ जील्लाका विभिन्न १८ स्थानमा साखाहरु संञ्चालनमा रहेका छन् ।

मोबाइल बैकिङग सेवा, कम्प्यूटराईज्ड ए.बि.बि.एस सेवा, ए.टी.एम सेवा ,आई.भी.आर सेवा लगाएत उच्च स्तरिय प्रविधिलाई प्रयोगमा ल्याई सेवा दिइरहेको संस्थाले इन्टरनेट प्रयोगकर्ता ग्राहकहरुका लागि छिटै इन्टरनेट बैकिङग सेवा समेत सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिएको छ ।