कञ्चनपुरको बेलौरीमा नेशनल माइक्रोफाइनान्सको शाखा विस्तार  - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कञ्चनपुरको बेलौरीमा नेशनल माइक्रोफाइनान्सको शाखा विस्तार 



कञ्चनपुर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कञ्चनपुरको बेलौरीमा शाखा सञ्चालन गरेको छ । स्रोत र साधनको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीमा वित्तीय सेवामार्फत आर्थिक तथा सामाजिक स्तर उठाउन समूह मै कारोबार सञ्चालन गर्दै आएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताउनु भयो । उहाँले वित्तीय संस्थाको आवश्यकता, प्रभावकारिता, सुरुवात देखि हालसम्मको गतिविधि र प्रगतिका साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी दिनुभएको छ ।

संस्थाले चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको र ग्राहकहरुमा उद्यमशिलता विकास गर्नका लागी आवश्यकता पहिचान गरी सीप विकाश तालिम तथा कार्यक्रम तर्फ मुख्य ध्यान दिने गरेको प्रमुख कार्यकारी अधिकृत यादवले बताउनु भयो ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बेलौरी शाखामा हालसम्म २३० जना सदस्य आवद्ध रहेका छन् । जसमध्ये १६० जनाले ऋण लिएको बेलौरी शाखाका शाखा प्रबन्धक अमित कुमार तिवारीले बताउनु भयो । हालसम्म रु. १ करोड कर्जा वितरण गरिएको छ भने रु. ९ लाख बचत संकलन गरिएको शाखा प्रबन्धक तिवारीले जानकारी दिनुभयो । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बेलौरीमा केही महिना पहिले ४१ औँ शाखाका रुपमा कारोबार सञ्चालन गरेपनि शनीबार शाखाको उद्घाटन गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको मान्यता प्राप्त वित्तीय संस्था नेशनल माइक्रोफाइनान्सले नेपालका ३७ जिल्लामा आफ्ना ५० वटा शाखा विस्तार गरिसकेको छ ।