कञ्चनपुरमा तरकारी संकलन केन्द्र स्थापना - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

कञ्चनपुरमा तरकारी संकलन केन्द्र स्थापना



कञ्चनपुर । प्रदेश नं ७ अन्तर्गत पर्ने कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा तरकारी संकलन केन्द्र स्थापना भएको छ ।

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघको आर्थिक सहयोग र कृषि शाखा बेलौरीको समन्वयमा दुुई ठाउँमा संकलन केन्द्र स्थापना गरिएको हो । जस  अन्तर्गत नगरपालिकाको वडा नं ५ र वडा नं ३ मा रहेको छ।

दुई वटै संकलन केन्द्र पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको संघका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए । तरकारी संकलन केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका तरकारी खेतीमा संलग्न ३०० बढी किसान लाभान्वित भएका छन् ।
तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्‍याएर बिक्री गर्न सहज भएको किसान साइटुलाल चौधरीले बताए । यहाँ दुवै वडाका किसानले ३० बिगाहा जग्गामा व्यावसायिक तरकारीखेती गरेका छन् ।
तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिने गरेको कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले भने, ‘संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगरदेखि कैलालीको धनगढी अत्तरियासम्म पुग्न थालेको छ ।’ बजार पाएपछि यहाँका किसानहरु हर्षित भइ तरकारी  उत्पादनमा हौसिएका छन् ।