कैलालीको लम्कीमा १ महिने जुत्ता चप्पल निर्माण तालिमको उद्घाटन  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीको लम्कीमा १ महिने जुत्ता चप्पल निर्माण तालिमको उद्घाटन 



मंगल बास्कोटे / लम्की ,कैलाली ।

कैलालीको लम्कीमा बर्षो देखि फुटपातमा जुत्ता चप्पल सिलाएर जिविकोपार्जन गर्दै आएका दलित समुदायका लागी संयुक्त दलित सशक्तिकरण समाजले ब्यवसायीक जुत्ता चप्पल निर्माण तालिम दिने भएको छ ।

संयुक्त दलित सशक्तिकरण समाज नेपालको आयोजना तथा लम्की चुहा नगरपालिकाको आर्थिक सहयोगमा १ महिने जुत्ता चप्पल निर्माण तालिम तथा सामाग्री बितरण एक कार्यक्रमका बिच उत्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै लम्की चुहा नगरपालिका प्रमुख महादेब बजगाईले बर्षाै देखि छाता ओडेर जुत्ता–चप्पल सिलाउदै आएको कष्टकर अवस्था देखेको हुदा यसलाई ब्यवस्थीत र ब्यवसायीक रुपमा गर्नको लागी बजेट बिनियोजन गरेको बताउनु भयो । यो तालिम र सामाग्री बितरणले जिविकोपार्जनको लागी मात्र नभएर ब्यक्तिलाई उद्योगपतिको रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

अब घाम ,धुवाधुलो संग लडेर बस्नु पर्दैन, प्रत्येकले एउटा घरमा जुत्ता चप्पल सिलाउने उद्योग सञ्चान गर्ने छ उहाले भन्नु भयो, “रोडमा गर्दै आएको कामलाई एकाएक घरमा सञ्चालन गर्दा ग्राहक घट्ने हुनकी भन्ने चिन्ता हुन सक्छ, सिपको सबैले खोजि गर्छ ठाउँ परिवर्तन गर्दैमा ब्यापारमा कमि आउने तथा ग्राहक कम हुने हुदैन ।”  बर्षाै देखि गर्दै आएको ब्यवसायलाई तत्काल नै सडकबाट घरमा सार्ने हैन व्यापारको समय दशै र दिपावली पछि मात्र त्यसको ब्यवस्थापन हुने नगर प्रमुख बजगाइले बताउनु भयो ।

कार्यक्रममा बोल्दै संयुक्त दलित शसक्तिकरण समाजका अध्यक्ष ढक बहादुर बि.क ले तालिम दिनु सामाग्री बितरण मात्र ठुलो उपलब्धि नभएको बताउनु भयो । तालिमको उपलब्धी त्यति बेला हुने छ जति बेला जुत्ता–चप्पल निर्माणका लागी जुत्ता–चप्पल निर्माण उद्योग सञ्चालनमा आउने छ ।

कार्यक्रम गर्दा एक्लैको प्रयासले सफल कदापी हुदैन सबैले हातमा हात र साथमा साथ दिन आवस्यक छ । अव लगत्तै सुदुर पश्चिमको संस्कृतिलाई जगेर्ना गर्नका लागी पञ्चेबाज पनि सम्बन्धि कलाकारलाई बितरण गरिने जानकारी दिनु भयो । कार्यक्रमका बिच तालिमका लागी १० वटा जुत्ता–चप्पल सिलाउने मेसिनहरु बितरण गरिएको छ ।फाइल तस्वीर :