घट्यो सुनकाे भाउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

घट्यो सुनकाे भाउ



काठमाडौं- सुनको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज मङ्गलबार ७१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ।

सुन अघिल्लो दिनभन्दा आज तोलामा ४ सय रुपैयाँले सस्तिएको छ।

सरकारले सुनको भन्सार मूल्य बढाएपछि एकाएक उचाइमा पुगेको सुन पुनः ओरालो लाग्न थालेको हो। प्रतितोला ७२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ घट्दै आएको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ घटेर ७० हजारभन्दा तल आएको थियो।