घाेडाघाेडी जनप्रीय बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न  - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घाेडाघाेडी जनप्रीय बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न 



हिमाल पोस्ट / सुखड,कैलाली ।

कैलालीकाे घाेडाघाेडी नगरपालिका -१ सुखडमा रहेको श्री घाेडाघाेडी जनप्रीय बचत तथा ऋण सहकारी संस्था लि. काे १२ औं बार्षिक साधारण सभा आज सुखडमा सम्पन्न भएकाे छ ।

श्री घाेडाघाेडी जनप्रीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडक बहादुर बमकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रमका प्रमुख अथिती घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चाैधरी रहनु भएकाे थियाे । त्यस्तै विशिष्ट अतिथिमा घाेडाघाेडी नपा वडा नं १ का वडाध्यक्ष मनराज शाही रहनुभएकाे थियाे भने अथितीहरुमा संस्थाका संस्थापक हरिलाल गैरे भट्टराई र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेेकोे थियाे ।

त्यस्तै कार्यक्रममा आर्थिक बर्ष २०७४/७५ सालकाे आय व्यय प्रस्तुत गरिएको थियोे । जसअनुसार २४ लाख २४ हजार ८ सय १८ रुपैयाँ ६० पैसाको आय र १० लाख ९१ हजार ४ सय ४ रुपैयाँ १९ पैसाको व्यय प्रस्तुत गरिएको थियो भने संस्थालाई ३ लाख ३३ हजार ७ सय ७४ रुपैयाँ ४१ पैसा खुद नाफा प्रस्तुत गरिएको थियो ।