कैलालीमा फुलवारी महोत्सव २०७५ को आयोजना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीमा फुलवारी महोत्सव २०७५ को आयोजना



कैलाली । कैलालीको फुलबारीमा ‘फुलवारी महोत्सव २०७५’ को आयोजना हुने भएको छ । स्थानिय कला संस्कृति, कृषि पर्यटन ब्यापार प्रबद्र्धन गर्न यहि पुष ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरीएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका—१४, फूलवारीमा रहेको न्यू बुद्ध स्पोर्ट युवा क्लवले महोत्सवको आयोजना गरेको हो । न्यू बुद्ध स्पोर्ट युवा क्लवले फूलवारीमा आयोजना गर्न लागेको महोत्सव तेश्रो संस्करणको हो ।

महोत्सवमा स्थानिय एवंम् राष्ट्रिय स्तरमा उत्पादन सेवाहरुको बृहत व्यापार मेला, स्थानिय तथा सुदूरपश्चिम प्रदेशमा उत्पादित कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुल्ला लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, आदिवासी जनजातिहरुको रहनसहन , संस्कृति, भेषभूषाका साथै खानाका परिकार महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको छ ।

व्यवस्थीत थारु होम स्टे, तामाङ गाउँको व्यवस्था रहेको महोत्सवमा एक सय बढी विभिन्न व्यवसायीक स्टलहरु रहने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक महेश गोलेले जानकारी दिनुभयो ।

झण्डै ३० लाख खर्च लाग्ने महोत्सवबाट ५० लाखको कारोबार गरिने अनुमान गरिएको संयोजक महेश गोलेले बताउँनुभयो ।