दीपक म त्यस्तो केटी चैँ हैन ल ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दीपक म त्यस्तो केटी चैँ हैन ल !



-हरि थापा

अबुधाबी बसपार्कमा छु भनेर तिम्रो कल आए पछि मेरो मन फुरुङ्ग चङ्गा झैँ उडेको थियो।परदेशमा कामको चटारोले ज्यान फतक्कै गलेको हुन्छ।तिम्रो एक कलले म यति फुर्तिलो भएको थिए सधैँ निराश हुने मन त्यो दिन बेग्लै महसुस भएको थियो,मन उमङ्ग ले भरिएको थियो।

सधैँ परिवारको यादले सताईरहन्छ। अनि बल्ल हप्तादिन पछि छुट्टी हुन्छ तैपनि कमाउन आका हामी लोभ त स्वभाविक लागि हाल्छ।

तिमीले भेट्न अाउछु भने पछि मैले पनि लिभ लिएको थिए।त्यो दिन त अझ डबल ईनकम हुन्थ्यो।छुट्टीको दिनमा अोभरटाईम छाड्ने निर्णय गरे ।परदेशमा एउटा साथी भेट्न अाउछु भने पछि किन नाई भन्नु भन्ने लाग्यो अनि भेट्ने सहमत गरे।

तिमि आउने भन्ने कन्फफर्म भएपछि म अबुधावी बसपार्क पहिल्यै आएर हाईपर मार्केटको सेकेण्ड फ्लोरमा रे-वन सोरुममा थिए ।धेरै बेर कुर्दा पनि तिमी अाईपुगेनोैँ ।मलाई एक्लै यति बोर लागेको थियो भनिसाध्य छैन। पछि तिमी सँग यति धेरै रिस उठेको थियो।अति भएर म नजिकैको रे-वन सप मा चस्मा हेर्दै थिए।

जब तिमीलाई झ्वाट्ट देखे साच्चैँ मेरो एक छिन त साँस रोकियो ।जति हामी च्याटमा रमाउथ्योैँ जिस्कन्थ्योै बिलकुल फरक परिस्थिति पैदा भयो ।सपना जस्तै लाग्यो,म एक छिन नर्भस भए सायद मेरा गाला रातो भएको हुनपर्छ त्यो बेला।

तिमी मेरै लागि त्यत्रो दुई तिन घण्टाको बाटो धाएर अायोैँ त्यो बेला परिवार सँग भेट भए जस्तो भयो। मैले तिमीलाई वेसुरमा गर्लम्म अङ्गालो हालेछु। खै कुन्नि के सोचेँ मैले,त्यो बेला कति धेरै माया लाग्यो ।फेरि तिमि मेरै मुखमा क्वाप्पै खाउँला झैँ हेरिरह्योैँ ।

हुन त तिमी केटा होैँ तिम्रो हेराईमा अापती मानिन तर त्यो हेराई भित्र धेरै रहस्य थियो ,तिमीले केही छिनमै मेरो पुरै शरीर शिर देखि पैताला सम्म नियालीरह्योैँ मलाई अप्ठ्यारो महशुुस भएको थियो ऐैँ के हेरेको यसरी भन्न मन थियो तर आँट आएन मन भित्रै पिल्सियो त्यो कुरा ।यति साह्रो घुरेर हेर्ने केटा पहिलो पटक देखे मैले।एक छिन म पनि मोैन भए र सोच्न थाले..

हामी अनलाइन च्याटमा खुब बाजबाज गर्थ्योैेँ । रियलमा च्याटमा लगाएको फुर्ति जस्तो सजिलो थिएन ।तिमी मेरो अगाडी उभिदा कतै पहाड झरेर छेकेको बाटो जस्तो लागिरहेको थियो सुस्तरी आफूलाई समाले।पछि सम्म ढुकढुकी बढिरहेको थियो।

अनि तिम्रो जिस्कने बानी उस्तैँ पर्दा पछाडि त भनथ्योैँ अगाडी पनि फ्याट्ट भनी हाल्योैँ कति राम्री क्युट लाग्यो सो ब्युटिफुल गर्ल !मेरो तारिफ पछि सम्म गरिरह्योैँ,म नर्भस भइरहे । लाईभमा बोल्न,च्याटमा बोले जस्तो सजिलो हुन्न रहेछ। युद्धमा हारेको सिपाई जस्तै भए म ।

रियलमा त कत्ता कत्ता अप्ठ्यारो नै लाग्यो लाज लागे जस्तो भइरह्यो।तिमीले मेरो तारिफ गरिरहदा मलाई पनि शक्ति पैदा भयो अनि भन्दिए!हेर्दै चण्डाल थियोैँ बाहुन त होैँ कसले जित्न सक्ने तिमीलाई, तिमि पनि कति ह्याण्डसम रहेछोैँ दीपक! भिडियो कलमा देखे भन्दा अझै राम्रो लाग्यो।

त्यति खुलेरै तारिफ गरे पछि तिम्रो मुहारमा अझै चमक देखियो साच्चैँ त्यस बखत तिम्रो अनुहार एकदम मुलायम निर्दोष माया लाग्ने देखिएको थियो।मैले तारिफ गर्न थाले पछि तिमि आफै भित्र हराईरह्योैँ मुर्छा पर्योैँ मेरो अनुमान तिमीलाई पनि लाज लागेको हुनुपर्छ ।

अनि मैले नै भन्दिए के हो नुन खाको कुखुरा झैँ झोक्राउछोैँ त ? च्याटमा त खुब फुर फुर गथ्योैँ ।एक छिन पछि तिम्रो चन्चल बानी बिस्तारै देखिन थाल्यो।कहाँ चुप बस्न सक्थ्योै र !चुच्चे बाहुन भन्दै मैले जिस्काएँ ।तिमीले केही बाँकी नराखी लभ पर्ला जस्तो छ मोटी भन्योैँ ।

तिम्रो कुराले मैले हासोँ थाम्न सकिन खित्का नै खुस्कियो यस्तो कुरा छोड दीपक मोनिका र लभ एक अर्काका निक्कै ठुला दुस्मन हुन । हामी साथी हौ ,त्यो भन्दा माथि कहिल्यै नसोच!यदि सोच्योैँ भने पनि त्यो फगत हुने छ बाँकी आफै निर्णय गर।

त्यति भन्दा पनि जिस्काउँन छाडेनोैँ रिस पनि नउठेको हैन फेरि हसाँई हाल्योै,अनि एक छिन सिरियस भएर बेहोस नै भयोैँ जस्तो लाग्यो। फेरि होसमा आएर साथी भन्दा अलिकति माथि पुगोैँन है भन्न भ्यायोैँ ।

के भन्नु हैँ तिमीलाई त,खाली सिरियस कुरामा पनि जिस्कने के! मलाई तिमी ।फनि र फण्टुस लाग्दै आयो। कमेडी जस्तो लाग्यो अनि जे भनेनी भन,गफैँ त हो जस्तो लाग्यो।मैले पनि भन्न छाडिन क्यारे! म फ्रेङ्क केटी हो जे भन सहन्छु पाप नसोच!है त्यति हो।

तिमि फिस्स हाँस्दै मेरो कुरा हावाँमा उडाउदै थियोैँ तिमीले अडर्र गरेको स्याण्डविच र जुस वेटरले ल्याईदियो ।

तिमि अझै जिस्कदै थियोैँ साच्चैँ मलाई हाउडे लागेको थियो। तिमीले स्याण्डविच खान अाउदैन भन्दा कति ख्याल गर्छ। कस्तो पागल! मनमनै भनेको थिए।

गफाडी भुडे गफ बढी नगर खुरुक्क यसरी खाऊ भनेर मैले पहिला खाए! तिमीले मेरै भाग खाउँला जसरी हेरेको हेरै भयोैँ अो मिस्टर खाऊ! हेल्लो भने पछि झस्किदैँ खान थाल्योैँ अनि साँच्चै पत्याए ।

तिमीलाई नआउने नै रहेछ खान। मन मनै सोचे केटो सोझो रहेछ लपनछपन नजान्ने रहेछ।हाउडे को मन सफा रहेछ म पनि सोच्न बाध्य भए ।

तिमीलाई टाढा पुग्न पर्ने थियो हतार गर्ने थाल्योैँ  ।अनि छुटिने समय आयो त्यो बेला चैँ मन नराम्रो सँग भक्कानियो। अनि तिमी बस चढ्योैँ!अध्यारो अनुहार बनायोैँ भावुक हुँदै हात हल्लायोैँ ।

त्यो बेलामा चाहिँ म प्रति तिम्रो चोखोँ माया रहेछ भन्ने महसुस गरी थाहाँ छैन तिमीले सोचेँ जस्तो नभएर हो वा साँच्चै माया गरेर दुख चाही मान्योैँ त्यहाँ शब्दको जरुरी थिएन।तिम्रो चेहेरा हेर्दै थाहाँ हुन्थ्यो।

नाटकिय रूपमा देखाको हो भने भगवान् जानुन!नत्र तिम्रो माया म प्रति रहेछ।म पनि भावुक बने।मलाई लागेको थियो एक पटक पुन मलाई फर्केर हेर्छोैँ ।तर तिमी एक पटक नफर्कि बाटो लाग्योैँ ।

तिमी चढेको बस शितिज कटि गयो धमिलो तुवाँमा विलीन भयो तैपनि म एकोहोरो हेरिरहे मेरा अाखाँ टट्टाँए अनि मुड स्याड बनाएर फर्किए।

साँच्चै मलाई अबुधाबी मा सबैले दिदी भनी सम्मान गर्छन्। मलाई भेट्न आउने हरू मेरा दाइ भाइ मात्र अाउँछन।तर तिमीमा एक साहस देखे।सिधै प्रपोज गर्न सिपालु रहेछोैँ।विदेशमा कति केटी बनाएका थियोैँ त्यो थाहाँ भएन तर मेरो अगाडी बडो इमान देखायोैँ दीपक!

हाम्रो त्यो भेटले मलाई खल्लो बनायो। तिमीले नपत्याउदो पाराले प्रपोज गर्योैँ मैले पनि त्यसलाई सिरियस लिइन। दीपक मैले तिमीलाई पहिला नै भनिसकेको थिए म यो प्रेम मायाजालबाट हार खाएकी मान्छे हुँ।

सायद तिमी पनि त्यति कठोर लागेन मेरो कुरा बुझ्योैँ होला। मायाजालबाट पहिला नै विच्चकेको म अहिले त घरायसी बोझले थिचेको छ दाइ भाइ बाहेक साथी भनेर भेटेको तिमी पहिलो केटा हो।नत्र म केटा भने पछि टाढै रहने मान्छे हुँ।

त्यसैले दीपक साच्चैँ तिमी मलाई भेट्न त्यत्रो बाटो धाएर अायोैँ अनि खर्च उतिकै गरेर अायोैँ तर तिमी मलाई पट्याउने सोचले नै आका थियोैँ भने मलाई माफ गर ! म त्यस्तो केटी हैन ल!जुन तिमीहरू जस्ता केटाले सामान्य पट्याउने प्रयास गर्दैमा सजिलै पट्टिन्छन ।

(नोट: दीपक घिमिरेको मोनिका डार्लिङ कथालाई आधार मानी लेखिएको मोनिकाको जवाफ)

यो पनि पढ्नुहोस् !

मोनिका ! ओ माई डार्लिंग ।

मोनिका : ओ माई डार्लिङ-२