दलित सहकारी संंस्थाकाे २१ औं वार्षिक साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

दलित सहकारी संंस्थाकाे २१ औं वार्षिक साधारण सभा सम्पन्न



जुद्ध चाैधरी / पुनर्वास ।

कञ्चनपुरको पुनर्वास नगरपालिका -३ आइविआरडीमा रहेकाे दलित सहकारी सँस्था लिमिटेडले बिहीबार  आफ्नाे २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ।

आइविआरडीको खुला मञ्चमा भएकाे साधारण सभा कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री बीना मगर रहनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै मन्त्री बीनाले च्याउ जस्तै उम्रेका सहकारीहरू बिस्तारै हराउँदै गए तर दलित सहकारीले भने सम्पुर्ण सेयर सदस्यकाे मन जित्दै आज २१ औं बार्षिक साधारण सभा मनाउन सफल भएकाेमा सँस्थाका सम्पुर्ण कर्मचारी तथा सञ्चालक समितिलाई धन्यबाद दिनु भएकाे छ।

यस सँस्थाले आफ्नाे नीति तथा कार्यक्रम मार्फत सेयर सदस्यहरूलाई दिँदै आएकाे सेवा सुबिधा निकै प्रशंसानिय  रहेकाे बताउनु भयाे । समुहमा बसेर काम गर्न, सामुहिक लगानि गर्न र सामुहिक फाईदा लिन सहकारीले सिकाएकाे उहाँले बताउनु भयो । सँस्था सँगै आफु पनि हुर्किएकाेले आफुले सक्दाे सहयाेग गर्न तत्पर रहेकाे मन्त्री मगरले बताउनु भयो ।

सहकारी संंस्थाका अध्यक्ष चन्द्र बहादुर मगरकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ काे ८ कराेड ३७ लाख ३४ हजार २८० बराबरकाे आयव्यय काराेबार बिवरण प्रस्तुत गरि साधारण सभा सम्पन्न गरेकाे छ।

कार्यक्रमकाे सञ्चालन प्रबन्धक दान बहादुर रावलले गर्नु भएकाे थियाे । सँस्थाले मन्त्री बीना मगरलाई सम्झना स्वरूप मायाकाे चिनाे समेत हस्तान्तरण गरेकाे थियाे ।