धनगढी विमानस्थल : जग्गाधनीले मुआब्जा नलिए पनि स्वामित्व
धनगढी ,कैलाली । जग्गाधनीले मुआब्जा नबुझे पनि स्थानीय प्रशासनले धनगढी विमानस्थललाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने भएको छ । गृह मन्त्रालयले बाटो खोलेपछि जिल्ला प्रशासनले स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ ।












