बेलाैरीमा प्रथम बेलाैरी महाेत्सवकाे तयारी पुरा ,महोत्सव १० दिन सम्म चल्ने  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बेलाैरीमा प्रथम बेलाैरी महाेत्सवकाे तयारी पुरा ,महोत्सव १० दिन सम्म चल्ने 



जुद्ध चाैधरी / पुनर्वास, कञ्चनपुर  । “कृषि, पर्यटन, उद्याेग र व्यापार समबृद्ध बेलाैरीकाे मूल अाधार” भन्ने मूल नाराका साथ कञ्चनपुरकाे बेलाैरीमा सञ्चालन हुन गईरहेकाे बेलाैरी महाेत्सवकाे पूरा तयारी भएकाे अायाेजकले जनाएकाे छ।

बेलाैरी उद्याेग बाणिज्य सँघकाे अायाेजनामा सुरू हुन गईरहेकाे महाेत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन,मत्स्य विकास, धार्मिक एवम प्राकृतीक सम्पदाकाे प्रचार प्रसार तथा प्रबर्द्धन मुख्य अाकर्षणकाे रूपमा रहेकाे बेलाैरी उद्याेग बाणिज्य सँघका अध्यक्ष लक्ष्मीनारायण चाैधरीले जानकारी दिनु भयाे ।

महाेत्सवमा एक सय पचास स्टल राखिएका छन । महाेत्सव अवधि भर कैलाली कञ्चनपुर तथा सिमावर्ती भारतीय गाउँबाट समेतका गरी करिब एक लाख जनाले अवलाेकनाका लागि अाउने प्रचार प्रसार समितिका सँयाेजक यज्ञ कँडेलले जानकारी गराउनु भयाे ।

कार्त्तिक ८ गते देखि १८ गते सम्म १० दिन सञ्चालन हुने महाेत्सवकाे उद्घाटन खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले गर्ने अायाेजकले जनाएकाे छ।

महाेत्सव कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरूकाे सहभागीता रहने छ । भाेलि हुने उद्घाटनको  दिन विभिन्न जातजातीका नाच तथा झाक्री  समेत प्रदर्शन हुने छ । महाेत्सव उदघाटनका दिन प्रवेश निशुल्क गरिएता पनि अन्य दिन प्रवेशका लागि शुल्क लाग्ने अायाेजले जनाएकाे छ ।