बर्षाका कारण कञ्चनपुरमा एक करोडको इँट्टा नष्ट - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

बर्षाका कारण कञ्चनपुरमा एक करोडको इँट्टा नष्ट



महेन्द्रनगर । भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा लगातारको वर्षाका कारण गल्दा कञ्चनपुरमा एक करोड मूल्य बराबरको नोक्सानी भएको छ ।

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ ।” प्रतिइँट्टाको लागत रु नौदेखि रु १२ सम्म पर्ने गरेको छ , इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइएको हुनाले यो महिनामा बढी उत्पादन गरिन्छ बुडालले बताउनु भयो” ।

“लगातार वर्षा होला भनेर सोचेका थिएनौँ”, अध्यक्ष बुडालले भने, “भारतबाट इँट्टा बनाउने मजदुर झिकाएर धमाधम इँट्टा तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ ।” लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उनले बताए । फाइल तस्बिर :