अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा देवकोटाको प्यानल विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा देवकोटाको प्यानल विजयी



हिमाल पोस्ट / अत्तरिया ,कैलाली ।

अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक प्यानलबाट अध्यक्षमा अशोकराज देवकोटा सहित सबै उम्मेदवारहरु विजयी भएका छ्न । अध्यक्षमा देवकोटाले ४ सय ५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी टिकाराम आचार्यले भने २ सय ३० मत प्राप्त गरेका छ्न ।

यस्तै उपाध्यक्ष तर्फ उद्योगमा देवकोटा प्यानलकै कल्याण सिंह बोहराले ३ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नैनसिंह कार्कीले २ सय ४८ मत प्राप्त गरे । साथै उपाध्यक्ष बाणिज्यमा कविराज भट्टले ३ सय ९५ मत ल्याएर विजय भएका छन् भने उनको प्रतिद्धन्दि जय बहादुर खड्काले २ सय ३२ मत प्राप्त गरे । उपाध्यक्षमै वस्तुगत तर्फ कमल कडायतले ३ सय ७२ मत मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिद्धन्दि तिर्थराज ओझाले २ सय ५९ मत प्राप्त गरेका थिए ।

त्यस्तै महासचिवमा यज्ञराज जोशीले ३ सय ७७ मत प्राप्त गरि बिजयी भएका छ्न भने उनका प्रतिद्धन्दि गणेश महराले २ सय ४८ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्ष तर्फ ३६६ मतका साथ सितादेवी सोप विजय भएका छन् भने उनको प्रतिद्धन्दि लिलाराम सापकोटाले २ सय ७१ मत प्राप्त गरेका छन् । सचिबमा शंकर बहादुर खड्का ३ सय १९ मतका साथ विजय भएका छन् भने उनका प्रतिद्धन्दि भक्त बहादुर कुवरले २ सय ९० मत प्राप्त गरेका थिए ।

यस्तै सदस्य तर्फ देवकोटा प्यानलकै देवराज भट्ट ३ सय ७३ मत , दीलीप कुमार साउँद ३ सय २१ मत , दीपक बोहरा ३ सय ७८ मत र रविन्द्र खनाल ३ सय ५३ मतका साथ विजय भएका छन् । सदस्यका प्रतिद्धन्दि जनकराज भट्राईले २ सय ७७ मत , नर बहादुर राईले २६१ मत , दिपक राज पौडेलले १ सय ९१ मत र शोभा थापा रावलले २ सय २४ मत प्राप्त गरेका थिए ।

विगतका बर्षहरुमा सहमतिकै आधारमा नेतृत्व चयन हुने गरेको भएपनि यो पहिलो पटक चुनाव भएको हो । यहाँ नेतृत्वको लागि बर्तमान उपाध्यक्ष टिकाराम आचार्य र बर्तमान महासचिब अशोकराज देबकोटा प्यानल सहित चुनाबी मैदानमा होमिएका थिए । जम्मा ७ सय ३१ मतदाता रहेको अत्तरिया उद्योग बाणिज्य संघमा ६ सय ६८ जनाले मतदान गरेका थिए ।

शुक्रवार दिउसो १ बजेवाट साझ ६ बजे सम्म चलेको निर्वाचनको अत्तरिया स्थित अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हलमा गएराति अबेर निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको थियो ।