एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका)को बार्षिक कार्यक्रम हुदै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका)को बार्षिक कार्यक्रम हुदै



 

साउथ अस्ट्रेलिया  ।

एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनका खेलकुद सत्र १८ -१९ को अन्त्यसंगै आयोजना हुने उक्त बार्षिक कार्यक्रम यहि मे ११ तारिकका दिन बेलुका ६ बजे देखि १० बजे सम्म टेस्ट अफ हिमालय रेस्टुरेन्टमा आयोजना गरिएको क्रिकेट एशोसियनका अध्यक्ष बिजय जोशीले बताए ।

जोशीका अनुसार क्लबको बार्षिक प्रगति बिवरण प्रस्तुति , खेलाडीहरुलाई सम्मान पत्र बितरण , सिजन वृतचित्र, सांस्कृतिक प्रस्तुतिहरु लगायतका कार्यक्रमहरु रहने छन् ।

साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनसंग सहकार्य गर्दै नेपाली समुदाय भित्र रहेका क्रिकेट खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्दै आएको क्लबले पछिल्लो समय बालबालिकाहरुलाई लक्षित गरेर समेत कार्यक्रमहरु गर्दै आएको छ। एनकाले यहि मार्चमा अस्ट्रेलियामा पहिलो पल्ट अस्ट्रेलिया-नेपाल कप २०१९ समेत आयोजना गरको थियो।

 

 

अस्ट्रेलिया-नेपाल कप २०१९ सम्पन्न