अस्ट्रेलिया-नेपाल कप २०१९ सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अस्ट्रेलिया-नेपाल कप २०१९ सम्पन्न



एडीलेड ।

साउथ अस्ट्रेलियामा आयोजना भएको पहिलो अस्ट्रेलिया नेपाल कप २०१९ को बिजेता नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलिया भएको छ। गोर्खा लिजेण्ड क्रिकेट क्लबसँग फाइनलमा मैदानमा उत्रिएको नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलियाले ४ विकेटको अग्रतामा खेल जित्न सफल भएको हो। उक्त खेलमा अनिल अमात्य म्यान अफ द फाइनल हुन सफल भएका थिए। एक्स्पर्ट अस्ट्रेलिया नेपाल कपको बेष्ट बलरको उपाधि आशिष पोख्रेल , बेष्ट ब्याट्समेन र बेष्ट खेलाडीको उपाधि सागर क्षेत्रीले प्राप्त गरेका छन।

साउथ अस्ट्रेलियाको एडीलेडमा मार्च १५ ,१६ र १७ गते युनिभर्सिटी अफ एडीलेड बेष्ट बिच प्लेयिंग फिल्ड र पार्क २५ मा भएको उक्त खेलमा ५ राज्यहरु बाट ६ टीमको सहभागिता रहेको थियो। २ ग्रुपमा रहेका टिमहरुमा ग्रुप ‘ए’ बाट घरेलु टिम एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन, नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलिया,नेप्लिज क्रिकेट क्लब ब्रिसबेन रहेका थिए भने ग्रुप ‘बि बाट ‘गोर्खा लिजेण्ड क्रिकेट क्लब,गोर्खा लिजेण्ड क्रिकेट क्लब,राइनो क्रिकेट क्लब सहभागी थिए।

मार्च १५ तारिक बिहान युनिभर्सिटी अफ एडीलेड बेष्ट बिच प्लेयिंग फिल्डमा औपचारिक रुपमा भएको उद्घाटन सत्रमा प्रिमियर अफिसका लागि सहायक मन्त्रि जिंग ली, अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब, साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसन बाट ओलिभर ग्रहम , मुख्य प्रायोजक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका एडीलेड प्रमुख रुपक बर्तौला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

अस्ट्रेलिया नेपाल कपमा बिभिन्न राज्य बाट आएका खेलाडीहरुलाई आयोजक एनकाले यहाँ रहेको एडीलेड ओभल भर्मण गराएको थियो भने खेलाडीहरुको सम्मानमा डिनर कार्यक्रम समेत आयोजना गरेको थियो। अस्ट्रेलिया नेपाल कपको अर्को सफलता भनेको, यसले १४ खेलाडीहरु सहित अस्ट्रेलिया नेपाल टीम समेत बनाएको छ । गोबिन्द कार्की क्याप्टेन रहेको उक्त टिममा हरेक राज्यहरु बाट राम्रा खेलाडीहरु समाबेश गरिएको एनकाका अध्यक्ष बिजय जोशीले जानकारी दिए। अस्ट्रेलिया नेपाल कपले अस्ट्रेलियामा रहेका नेपाली खेलाडीहरु र क्लब बिच प्रगाड सम्बन्ध विकास गरेको र आगामी दिनमा यसले अझै उचाई लिने जोशीले बताए। पहिलो कप एनकाले आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्दै जोशीले आगामी टुरनामेन्टमा क्विंसल्यांडमा हुने जानकारी दिएका छन।

Group A – ANCA, SA, NCAA, NSW & NCCB, QLD
 Group B – GLCC, TAS, VNCA, VIC & RCC, QLD

 

Group Matches Results
• NCCB Vs ANCA – ANCA won by 71 runs
• RCC Vs GLCC – GLCC won by 7 wickets
• ANCA Vs NCAA – ANCA won by 4 wickets
• RCC Vs VNCA – VNCA won by 6 wickets
• NCAA Vs NCCB – NCAA won
• GLCC Vs VNCA – VNCA won

Group A – Results
1. ANCA, SA with both wins – 6 points
2. NCAA, NSW with 1 win and 1 lost – 3 points
Group B, Results
1. VNCA, VIC with both wins – 6 points
2. GLCC, TAS with I win and 1 lost – 3 points

Semi – Final Results
• ANCA Vs GLCC – GLCC won by 8 runs
• NCAA Vs VNCA – NCAA won

Final Results
• NCAA Vs GLCC – NCAA won by 4 wickets
Man of the Final – Anil Amatya ( NCAA )

 

The first ever AUS – NEPAL team are as follows

1. Govind Karki (NCAA , NSW) – Captain
2. Sagar Khadka (GLCC, TAS) – Vice Captain
3. Ashish Pokharel (ANCA, SA)
4. Nischal Shrestha (ANCA, SA)
5. Deepak Chetry (ANCA, SA)
6. Monish Shrestha (NCCB, QLD)
7. Rabin Raj Koirala (NCCB, QLD)
8. Awesh Mandal (RCC, QLD)
9. Sagar Chetry (GLCC, TAS)
10. Amrit Bhattarai (GLCC, TAS)
11. Akash Singh (VNCA, SA)
12. Anil Amatya (NCAA , NSW)
13. Prakash Thapa (NCAA , NSW)
14. Raju Poudel (NCAA , NSW)