अस्ट्रेलियामा शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अस्ट्रेलियामा शक्तिशाली भूकम्प



काठमाडौं- अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन्।

स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्र मन्स्फिल्ड रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पका कारण कोही पनि गम्भीर घाइते भएको जानकारी नआएको उल्लेख गरेका छन्।

भूकम्पको धक्का न्यू साउथ वेल्ससहितका क्षेत्रमा पनि महसुस भएको बिबिसीले जनाएको छ। पहिलो भूकम्पपछि ४ र ३.१ म्याग्निच्युडका दुई परकम्प पनि गएका छन्।