आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न



विशाल पाण्डेय
सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा बिहीबार  आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सनराइज बैंकको आयोजना तथा  घोडाघोडी उद्योग वाणिज्य संघको  सहकार्यमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती घोडाघोडि उद्योग वाणिज्य संघका उपाध्यक्ष होम प्रसाद आचार्यले रहनु भएको थियो । प्रमुख अथिती आचार्यले पानसमा दिप बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा भ्याट बिजक , प्यान बिजक ,संक्षिप्त कर बिजक , मिस म्याज तथा भ्याट कट्टी गर्न नपाइने बस्तुहरु लगाएतको बारेमा चर्चा गरिएको थियो । साथै  कार्यक्रममा घोडाघोडी नगरपालिकाका ब्यापारीहरुले आफुहरुले नबुझेको कुरा सम्बन्धि प्रश्न समेत गरेका थिए ।

आधारभुत लेखा तथा कर नीति अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण एस.आर.पाण्डे एण्ड कम्पनीका तर्फबाट अरुण रावतले दिनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाइ सनराइज बैंक सुखडका शाखा प्रबन्धक सुरेन्द्र शाहिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।