धनगढीको सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

धनगढीको सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार



धनगढी, कैलाली ।। दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको सुदूरपश्चिम महोत्सवमा झण्डै रु १६ करोडको कारोवार भएको छ ।

दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झण्डै रु १६ करोडको कारोवार भएको  कैलाली उद्योग वाणिज्य संंघका महासचिव रुपेस स्वाँरले  जानकारी दिनु भएको छ । सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ स्वाँँरले बताउनु भयो ।

त्यस्तै  महासचिव स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैँया शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय महासंघले गरेको जानकारी दिनुभयो ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको महोत्सवको  मंगलबार प्रदेशसभा सदस्य डिल्लीराज पन्तले समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्सव सोमबार सकिने भनिएता पनि दर्शकको चाप बढेर १ दिन थप गरि मंगलबार सकिएको थियो ।