तीजमा विकृति बढ्नुमा यसो भन्छन कलाकारहरु ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तीजमा विकृति बढ्नुमा यसो भन्छन कलाकारहरु !



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको यहाँहरुलाई अवगत नै छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो स्तम्भको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समीर प्रकाश पाण्डे

“१० कलाकार १ प्रश्न” मा यो अंङ्कको लागि सोधिएको प्रश्न यस्तो छ ।

तीज र तीजको महत्त्व के छ ? पछिल्लो समय संस्कृतिको नाममा विकृति पनि बढ्दै गइरहेको छ । यसमा तपाईँको धारणा ?

सुनिल लामिछाने (मोडल):‘तीज’ पर्व नेपाली हिन्दु महिलाहरूको महान् पर्व हो ।पछिल्लो समय चाडवाडलाई संस्कृति जर्गेना गर्ने भन्दा पनि रवाफिलो र भडकिलो रूपमा मनाउने एक किसिमको फेशन नै चलेको छ । खासगरी शहरी भेगमा तीज पर्वले विकृतिको रूप लिँदै गइरहेको छ । पछिल्लो समयमा दर खाने समयावधिमा पनि निकै परिवर्तन भएको छ र अन्ततः दरको महिमामाथि नै आघात पुर्‍याउने काम भइरहेको छ । तीजको ब्रर्त बस्ने अघिल्लो रात छोरी चेलीहरु आफ्नो माइतीघरमा जम्मा भई रातभरि दर (दूधबाट बनेका परिकारहरु) खाने र रमाइलो गर्ने प्रचलन सट्टामा दरको ठाउँ क्रमशः दारुले लिन थालेको छ । माइती घरमा रमाइलो गर्दै खाइने दर तारे होटेलमा सरेको छ । मौलिक र वेदनायुक्त तीजका तीतहरु आजकाल लोप भइसकेका छन् । तीजको गीतमा रत्यौलीको स्वाद थपिएको छ । यसबाट के देखिन्छ भने तीज केवल परम्पराकेा निरन्तरता मात्रै भइरहेको छ महत्त्व भने डिस्को र रतयौलीका गीतले लिइरहेका छन् ।

बिनिता लामिछाने (गायिका):मलाई तीज एक्दमै मन पर्नी पर्व हो। यसमा विशेष गरी महिलाले विशेष महत्त्व दिन्छन् माईति मा जानी आफ्नो साथी संगी भेट्नि ,वर्ष भरि को दु:ख सुख साट्नि एक्दमै राम्रो पर्व हो । तर आज भोलि एक आपसमा सामिप्य ल्याउने भन्दा पनि देखावटी धेरै भएको छ ।कसले धेरै गहना लगाउछ, को कस्तो सारी मा आउँछ अनि महिनौ अघि देखी पाटी यो मलाई अलि मन पर्दैन,आफ्नो जे छ त्यस्मा खुसी हुनु पर्छ हाम्रो सस्कृती लाई बचाउनु राम्रो हो त्यस्को लागि सरलता नै धेरै राम्रो हुन्छ र अर्को कुरा तीज गीत को नाउ मा विभिन्न किसिमका तीज को मर्म भित्र नपर्ने चर्चाको लागी मात्रै बजारमा ल्याउने गीत सङ्गीत ले विकृति मात्रै थप्ने काम गरेको छ जस्तो लाग्छ ।

रिया श्रेष्ठ (मोडल):तिज हिन्दु महिलाहरूको एक महान् पर्व हो l सस्कृतिको नाममा विकृति भएको भन्दा पनि समय अनुसारको सस्कृति परिवर्तन हुँदै जान्छ अनि यो समय परिस्थितिको माग पनि हो l विकृति बढ्दै गयो भन्नेले नै सुरुमा सस्कृतिलाइ बिगार्दै विकृति फैलाएका उदाहरणहरू हाम्रो समाजमा धेरै छन् l तसर्थ तिज हाम्रो लागि एउटा उत्सब हो यसलाई हामीले भरपुर मनोरन्जनका साथ मनाउनु पर्छ l

विष्णु प्र. पाण्डे ‘माईला बा’ (हास्य कलाकार):मौलिकतालाई आधार बनाइ बिसुद्द नेपाली मनका अनि तनका आवाजको पर्तिबिम्ब नै तिजको यथार्थ परिचय हो । धेरै आय तिजका गीतहरू तर जन जनका मनमा बस्ने कुन गीत छ मलाइ थाह छैन यो मेरो विश्लेषणको कमजोरी नि हुन सक्छ ।

रन्जिता थापा मगर (गायिका) :चार्ड पर्व हाम्रो मौलिक तथा धर्मिक सस्कृती हो ।तिज पनि हाम्रो सस्कृती हो, हामीले हाम्रो सस्कृतीलाई संरक्षण गर्नु पर्छ।हामीले देशको विकास खोज्ने हो भने गीत सङ्गीतमा पनि विकास खोज्नु पर्छ विकासको नाममा हामीले आफ्नो मौलिकतालाई भुल्नु हुँदैन।मेरो बिचारमा यो विकृति होइन विकास हो जस्तो लाग्छ ।

भागिरथ चलाउने (गायक):समग्रमा भन्नू पर्दा तीज नेपाली महिलाहरूको महान् चाड हो ।  पहिले पहिले दुख हुन्थ्यो नेपाली दिदी बैनी बैनीहरू घरको काम धन्दाले गर्दा भेट्न पाउदैनथे र यो यौटा भेट हुने माध्यम थियो । अहिले दिदी बैनीहरू धेरै फुर्सदिला भय अनि हामी कलाकारहरूले २ महिना अगाडि नै तीज गीत निकाल्छौ दिदी बैनीहरू पनि दुई महिना अगाडि नै दर खाना थाल्नु हुन्छ ।

शिव शर्मा’हाका हाकि माईलो’ (हास्य कलाकार):महिलाहरूको महान् चाड तीज परापुर्ब कालदेखि मनोरन्जन र आफूले भोगेका तिता मिठा कुराहरू गीतको माध्यमबाट प्रस्तुत गर्ने गर्दथे।तर अहिले विकृति बढ्दै गएर अनावश्यक तामधाम र देखावटी पना साथै पश्चिमेली पनाको अनुसरण गर्दै गएको  पईन्छ ।

साजन अोली (गायक):मेरो बिचारमा जमाना अनुसार ठिकै हो एउटै चीजलाई धेरै खायो भने खल्लो महसुस हुन्छ।पहिले भन्दा फर्क नै बन्दै छन् आजकल तिज गीत न भएर हरेक गीतहरू यो भनेको हाम्रो दर्शक श्रोताहरुको मग हो। र हामी आफ्नो संस्कृतिलाई बिर्सिने गरी नराम्रो गरेको जस्तो चाही ललागदै।केही पहिलेका गीत सङ्गीत भनदा फरक बनाउन मात्रै खोजेको हो।

दीपक कडेल (सर्जक तथा गायक):तीज महिलाहरुको महान् चाड हो  । पहिला पहिला बुहारीलाई तेति धेरै माइत पछाउदैनथे तर तीजमा लिन आएपछि पठाउनु पर्थो । सबै जम्मा भयर दुख सुख मेट्ने गीतबाट आफ्नो पिडा पोख्ने मिठो खाने यसरिनै तिज मनाउने पर्मपरा थियो र अहिले पनि छ । हो केही विकृति पनि बढेको छ केही राम्रो काम पनि भयको छ विकृतिलाई सबै मिलेर कम गर्दै लानु पर्छ ।

भुमा मगर (गायिका):`तीज´ हिन्दु नारीहरूको एक महान् पर्व हो।जुन वर्षमा एक चोटि आउँछ।प्रत्यक बिवाहित हिन्दु नारीहरूले आफ्नो श्रीमानको दीर्घायु उन्नति प्रगतिको कामार्थ निरआहार वर्त बसेर भगवान् शिवको पूजा आरधना गर्दछन् र अविवाहित नारीहरूले पनि राम्रो योग्य अझ भन्नु पर्दा भगवान् शिव जस्तै श्रीमान् पाउँ भनी व्रत बस्ने गर्दछन्। धर्म शास्त्र अनुसार हिमालय कि छोरी पार्वती ले शिवलाई पाउ भनी कठोर तपस्या गरिन र शिवलाई प्राप्त गरिन भन्ने कुरा पनि धर्म शास्त्रमा उल्लेख छ त्यसैले तिज हिन्दु नारीको महत्त्वपूर्ण चार्ड हो। र तिज को महत्त्व पनि निकै छ ।

अब धार्मिक रूपमा हेर्दा पार्वतीले व्रत बसेर नै शिवलाइ प्राप्त गरिन भन्दा सबैमा धर्म प्रति आस्था रहन जाने भयो ।सँस्कृतिक हिसाब ले हेर्दा हाम्रो समाजमा तिजमा तिजको गीतहरू गाउने चलन छ जुन गीतमा विबाहित महिला हरुको वर्षै भरीको दुख सुख मा कुराहरू पोखेर गाईन्छ।र अर्को कुरा शरिरिक रूपमा हेर्दा तिजमा व्रत बस्ने चलन छ ।स्वास्थ्यकर्मीहरुको भनाई अनुसार व्यक्तिले सकेसम्म हप्ताको १ दिन नसके महिनामा नसके वर्षको १दिन निरआहार बस्न सक्यो भने शरीरलाई फाइदा हुन्छ भन्दछन। त्यसैले तिजमा व्रत बस्दा शरीरलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा गर्दछ र सामाजिक रूपमा पनि तिजको उत्तिकै महत्त्व छ र सांस्कृतिक रूपमा त झनै समग्रमा तिजको हाम्रो समाजमा निकै महत्त्व छ।

अब विकृतिको कुरा गर्नु पर्दा

गीतबाट मोडल कार्यमा प्रवेश गरेर चर्चा कमाउछु भन्ने लक्ष्यले कलाकारितामा प्रवेश गरेको पाइन्छ जस्मा स्वदेशी भन्दा विदेशी सस्कृतिले धेरै प्रभाव पारेको देखिन्छ जस्मा तिजको गिहरुमा छोटो कपडा लगाउने छाडा शब्दको प्रयोग गर्ने जसले गर्दा अफ्नो परिवारको अगाडी बसेर हेर्न र सुन्न पनि लाज लाग्दो हुन्छ।

सन्देश : कलाकरितामा लाग्नु नै छ भने शरीरमा लगाउन मिल्ने कपडा लगाएर, सकिन्छ पुराना भेषभुसा तथा सस्कृती झल्किने मिठा मिठा शब्दको प्रयोग गरेर विशेषगरी इज्जतको ख्याल गरी आगाडी बढ्नपनि सकिन्छ।

अनुमति बिना अन्य कुनै पनि मिडियामा साभार गरिएको पाईएमा प्रतिलिपि ऐन अनुसार कारवाही गरिने छ ।धन्यवाद !