यस्तो परिवर्तन चाहन्छन कलाकारहरु कलाकारितामा ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यस्तो परिवर्तन चाहन्छन कलाकारहरु कलाकारितामा !



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको यहाहरुलाई अवगत नै छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समीर प्रकाश पाण्डे

“१० कलाकार १ प्रश्न” मा सोधिएको प्रश्न यस्तो छ ।

कलाकारिता क्षेत्रमा कुन कुराको परिवर्तन भयो भने यसमा लगेर अात्मसम्मान सहित बाच्न सकिन्छ भन्ने लाग्छ ?

बिरही कार्की (गायक):मन वचन र कर्मलाई सम्झेर नेपाली सङ्गीत र सस्कृतीको परिभाषा बुझेर आफू पनि उठौ र अरूलाई पनि उठाउ भन्ने सोचेर हाम्रोलाई बिर्सेर राम्रो लाई माथि उठायो भने।हिमाल पहाड र तराईका सबै प्रतिभाशाली कलाकारहरूलाई एउटै छातामुनि गोलबद गरेर देश देखि विदेश सम्म हुने नेपाली कार्यक्रम हरुमा कुनै कलाकारको नजिक टाढा नसोची, तेरो मेरो नगरी समावेशी तरिकाले सबैलाई मौका दियो भनी।राज्याको मुख नताकी आफू र आफ्नो कला सस्कृतीको लागि गीत सङित र कलाकारहरूलाई सभ्य र सिस्ट बनाउनको लागि अनि सस्कार सिकाउनको लागि बलियो सेन्सर निर्माण गर्‍यो भने ।पार्दर्शी तरिकाले सबै एक जुट भएर हरेक सेक्टरबाट गीत सङ्गीत बजे बापत रोयल्टी उठाउन सक्यो भने।

शान्ति श्री परियार (गायिका):सही माप दण्ड बन्न जरुरी छ वास्तविक कलाकार को हो र रहरको कलाकार को हो, यो बिचको फरक छुट्टिनु पर्छ ,समग्र गीत सङ्गीत सँग सम्बन्धित सबैले एकले अर्काको खुट्टा तान्ने प्रबिर्ति त्याग्नु पर्छ र कलाकार कलाकार बिचमा एकले अर्कालाई सम्मान जनक व्यवहार गर्न सक्नु पर्छ। अनि आत्म सम्मानका साथ बाँचिन्छ जस्तो लाग्छ मेरो बिचारमा ।

प्रकाश सपूत (गायक):रोयल्टि । कलाकारिता पनि एक खालको व्यवसाय हो । कलाकारले आफ्नो आवाज, सिर्जना वा प्रतिभा बेच्ने हो । त्यसका लागि बजार हुनुपर्यो । अहिले पनि बजार त छ । ग्राहक भन्नाले श्रोता दर्शक त छन् तर उनीहरूले विभिन्न माध्यमबाट हाम्रो सिर्जना निःशुल्क प्रयोग गरिरहेका छन् । हो त्यो निःशुल्क प्रयोग लाई स शुल्क बनाउन सकियो भने त्यसबाट आउने रोयल्टि ले कलाकारलाई बाच्न सजिलो बनाउछ । अरू दृष्टिकोणको कुरा पनि छ त्यो त व्यक्ति पिच्छे फरक पर्छ ।

भूमिका गिरी (गायिका):भनिन्छ सुनिन्छ कि कलाकार राष्ट्रका गहना हुन मात्र यो कुरा भनाइमा सीमित गर्दैमा कलाकारले आत्मसम्मान पाउने कुनै ठाउँ नै छैन। कलाकार हक हितका लागि कुनै संस्था छैनन् भएकोमा पनि राजनीति छ । यी सब कुराहरू अब आम दर्शक श्रोताले बुज्नु जरुरी छ र जीवनमा हरेकले केही न केही पेसा अंगालेको हुन्छ तेहि पेशाहरु मध्ये कलाकारिता मैले पनि अंगालेको छु र मलाई लाग्छ जो कोही पनि आफ्नो पेसामा सन्तुष्टि हुनु पर्छ तब मात्र आत्म सम्मान मिल्छ र मैले पनि आम दर्शक श्रोताको माया सद्भाव पाइराखेको छु र पाइरहु यो नै मेरो लागि गर्वका साथ आत्म सम्मान गर्ने पेसा बनोस अनि भनिन्छ आफूले जे गर्‍यो त्यहीबाट आत्मसम्मान मिल्ने हो र कलाकारिताको क्षेत्रमा पनि आफू लागिसकेपछि यो ले मलाई के दियो भन्दा नि यो क्षेत्रलाई मैले के दिए मेरो भूमिका के हो भनेर हरेक कलाकार खुलेर लाग्यो भनी अवश्य यो क्षेत्र उज्ज्वल हुने हो कलाकारिता क्षेत्र भएकै कारणले म यसैमा लागेर भूमिका भनेर चिनिन पाएकी हु र अन्य कलाकारहरुलाई अवश्य यसैले चिनाएको हो यो क्षेत्र रहे हामी रहने हो त्यसैले हरेकले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो मूल्य , नैतिकता , जिम्मेवारी बुजेर यो क्षेत्रमा लागेर अहिले देखिएका साना साना बिसङगती बिकृतिलाइ निर्मुल पार्न सकियो भने सबैले आत्मा सम्मान सहित बाच्न सकिन्छ भान्ने मलाइ लाग्छ।

विनोद ढकाल (सर्जक तथा गायक):पहिलो कुरात कलाकार आफैमा अनुशासन र लगाव चाहिन्छ, बलेको आगो ताप्ने प्रचलन छ तर त्यो सँगै के सही हो के गलत हो भन्ने कुराको मुल्यान्कन हुनु जरुरी छ ।नेपालको परिप्रेक्षमा त अझ पैसा र बैशको आडमा कलाकर बन्ने होडबाजी देखिन्छ यो गलत हो । चम्चागिरी र चाप्लुसी गर्ने प्रथाको अन्त्य भयो अनि राष्ट्रिय तबरबाट पनि समग्र कलाकार र कलाकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्यो भने मात्र यो क्षेत्रमा लागेर अात्मसम्मान सहित बाच्न सकिन्छ ।

रोमा न्यौपाने (डान्सर):एक अर्काको खुट्टा तान्ने ,रिस गर्ने डाहा गर्ने नयाँ आउनेलाई हेला नगरेर हातमा हात राखेर आफूले जानेको कुरा सिकाउने कुराहरू परिवर्तन गरेमा राम्रो होला कि सबै कलाकार लाई समान रूप ले हेरेमा कलामा अङ्ग प्रदर्शन पनि कम भएमा अात्मसम्मान सहित बाच्न सकिन्छ जस्तो लाग्छ मेरो बिचारमा ।

बालचन्द्र बराल (गायक):सबै भन्दा पहिला सरकारी निकायबाट कलाकारको हकहित सम्बन्धी कानुन बन्नु पर्‍यो गितसंगितको सेन्सर हुनु पर्‍यो समय अनुसार र नयाँ प्राविधिसंगै गीत सङ्गीतको विकास भयो भने संस्कृति बचाउने ,झल्काउने खालको गीत सङ्गीतलाई परिमार्जित भई दियो भने आम्दानी नभए पनि अात्मसम्मान सहित बाच्न सकिन्छ ।

कृष्टिना थापा (मोडल):जो सँग प्रतिभा छ उसलाई महत्त्व दिनु पर्छ नयाँ जोस या पुरानो कलाकार उसलाई समान स्वरूपले व्यबाहार गर्नु पर्छ ।लेडिसहरुलाई सम्मान होस जे पायो तेहि गीत भिडियोहरु नबनोस । यस्तै धेरै कुराहरू छन् जुन पूरा भयो भन्ने कलाकारहरू आत्मा सम्मान सहित यो क्षेत्रमा बाच्न सकिने छ ।

सृजना खत्री हाउडेमाया (गायिका):पहिलो कुरा त मिहिनेट गर्नु पर्‍यो पैसा हालेर स्वर अनुहार नभएकाले एल्बम भिडियो गर्दा राम्रो कलाकार पछि परेका छन् त्यसको अत्य हुनु जरुरी छ जो सँग प्रतिभा छ त्यसलाई अवसर दिनु पर्छ रोयल्टि सम्बन्धी नियम र गीत सङ्गीतको माप दण्ड बनायर लागु गर्न सकियो भन्ने मात्र कलाकारहरू आत्मा सम्मान सहित यो क्षेत्रमा बाच्न सकिने छ ।

राजन कार्की (नायक तथा मोडल):नेपालमा बक्स अफिस लागु भयो भने कलाकार मात्रको हैन पुरै Flim industry राम्रो हुने थियो र कलाकार वाध्य भएर बिदेश पलायन हुन पर्थेन, कलाकारको सम्मान सबै खाले कलाकारलाई एउटै ब्यवहार गरिने हो भने कलाकारहरु आत्मा सम्मान सहित यो क्षेत्रमा बाच्न सकिने छ  ।