यस्ता रहेछन सङ्गीत क्षेत्रमा बिकृति ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यस्ता रहेछन सङ्गीत क्षेत्रमा बिकृति !



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको यहाहरुलाई अवगत नै छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।
 प्रश्न यस्तो छ : 
सङ्गीत क्षेत्रमा के कुरालाई विकृति भन्न मिल्छ तपाईँको बिचारमा ?
प्रस्तुति :समीर प्रकाश पाण्डे

चन्द्र शर्मा (गायक):कुनै पनि कुराको प्रगतिसँगसँगै सकारात्मक र नकारात्मक कुराहरू पनि पक्कै हुन्छ्न ।मेरो बिचारमा चारैतिर विकृतिका कुराहरू छन्।कोही पनि नबुझेर हावाको भरमा यो क्षेत्रमा आउनु ! अनुज कलाकारले अग्रज कलाकारलाई सम्मान नगर्नु सबै भन्दा ठुलो विकृति हो म्युजिक क्षेत्रको व्यवस्थापन राज्यले नगर्नु त्यसैले हामी संस्थागत ग्रुपमा अगाडि बढेको छौ पक्कै पनि केही समाधान गरी रहेका छौ र गर्दै पनि जानेछौ ।

बिपिन किरण (गीतकार):विशेष गरेर पछिल्लो समय दुई किसिमका विकृति देखिएको पाइन्छ यो क्षेत्रमा । मान्छेहरू साधना भन्दा पनि सस्तो लोकप्रियताको लागि जे  गर्न पनि पछि न परेको अवस्था देखिन्छ र यो पन हाबी भैइदिदा कति पय साधकहरू पछाडि परेको अवस्था देख्न सकिन त्यस्तै मान्छे हरू क्षमताको खासै कदर गर्दैनन सके सम्म बढी ग्रुपिजम मा विश्वास गरेको देखिन्छ मान्छेले ।

गणेश चौलागाई (गीतकार):हरेक क्षेत्रमा विकृति बिसङ्गती भए जस्तै गीत सङ्गीतको क्षेत्रमा पनि विकृति हुनु सामान्य मानियको छ ।
मैले बुझे अनुसार यहाँ धेरै विकृति छन् । जसलाई मैले आर्थिक विकृति , नैतिक विकृति, सामाजिक तथा सास्कृतिक विकृति  भन्न सकिन्छ ।

१ आर्थिक विकृति- जसले जेजे भने पनि गीत सङ्गीत क्षेत्रमा कोही पनि बाध्यताले लाग्दैन ,यो सुरुमा एउटा सोख वा रहरको विषय बन्द छ । सुरु मै यस् क्षेत्रमा प्रवेश गर्दा नव प्रतिभाहरुले आर्थिक समस्या सङ्ग जुध्न पर्ने हुन्छ । नयाँ प्रतिभाहरू विशेष गरी आफूलाई मन पर्ने अग्रजहरू सम्मा पुग्न लालायित हुन्छन् र पुग्छन पनि । यस् अवस्थामा अग्रजले नयाँलाई आर्थिक रूपमै खुइल्याईदिने प्रबिती पनि छ भन्ने धेरै सुनिन्छ अझ विशेष लोक दोहोरी गीतमा यो मैले धेरै सुने देखेको छु ।

२ नैतिक विकृति- नैतिक विकृति एक प्रमुख अप्ठ्यारो को रूपमा देखेको छु मैले यस् मा प्रायः पुराना कलाकारका श्रीजना नयाँ कलाकारले र कतिपय असस्थामा समकालीन सहयात्री साथीबाट हुने साहित्यिक चोरी (पाइरेसी )लाई बुझ्न सकिन्छ । मेरो गीतको शब्द अनि सङ्गीत यहाँबाट चोरी भयो भन्ने गुनासाहरु धेरै सुनिन्छन । यो पनि गीट सङीत भित्रको एक चुनौती हो।

३सामाजिक तथा सास्कृतिक विकृति – गीत सङ्गीत साहित्य समाजको ऐना हो भनिन्छ । समाजमा हुने घटना वा परिवर्तन , चाड पर्व सँग सम्बन्धी धेरै गीत सङ्गीत श्रीजना हुने गरेको पाइन्छ र हुनपनी पर्छ । दसैँ तिहार सँग सम्बन्धित गीत तीज गीत र अन्य सदाबहार गीतहरूमा पनि समाज का केही कुराहरूको प्रतिबिम्ब पाइन्छ । हिजो आज गीत सङ्गीत हरू सुन्ने सँगसङै हेर्ने चलन धेरै छ । यस्ता गीतहरुमा समाज अनि परिवारमा पाच्य नहुने खाले श्रब्य दृश्य निर्माण हुनु र तिनै सामाग्रीहरू सामाजिक सन्जालमा भाईरल हुनु पनि एक विकृति हो।

पैसा र बैँस ले बढी प्रभाव पारेको यस् क्षेत्रलाई मर्यादित बनाउन बनाउन अग्रजको माया अनुजलाई आवश्यक हुन्छ । अनुजले सधैँ असल अनुशासित भयर श्रीजनामा विश्वास गरेर मेहेनत गर्ने , गीत सङ्गीत स्खेत्र एक बौधिक क्षेत्र भयकोले स्रष्टा सर्जक हरुले आफू समाजको एक जिम्मेवार व्यक्ति भयको जानी अस्ल इमान्दार भयर सकेको राम्रो श्रीजना पेस गर्न सके राम्रो हुने थियो।जय गीत जय सङ्गीत ।

सन्तोष के बास्तोला (सर्जक तथा गीतकार):वर्तमान सङ्गीतको क्षेत्रमा जताततै विकृति भित्रिएको छ,पछिल्लो समयमा गीत चलेको वाको भनेर मूल्याङ्कन गर्ने एक मात्र माध्यम YouTube भएको कारणले गर्दा YouTube को views बढाउनका लागि युवा पुस्ता लाई लक्षित गरेर बनाइएका भिडियो मा विकृति देखिन्छ, जुन भिडियोहरु परिवारमा सँगै बसेर हेर्न सकिँदैन र अर्को कुरा गीत मौलिक नै भए पनि YouTube थम्मेलअस्लिल, सन्दर्भ र विषय बस्तु भन्दा पर गएर राखिनु मैले देखेको अर्को विकृति हो।गीतकारहरुले पनि आफ्नो धरातल बिर्सेर सस्तो लोकप्रियताको लागि,छिट्टै चर्चामा आउनका लागि गीतमा अश्लील शब्दको प्रयोग गरेको पाइन्छ,गीत विवादमा पर्‍यो भने आफू चर्चामा आइन्छ भन्ने गलत मानसिकताका कारण पनि समाजले पचाउन नसक्ने अनि नेपाली कला र सस्कृतीमा आच आउने किसिमका सृजना गरेको देखिन्छ।

श्रीदेवी देवकोटा (गायिका):अरूले गरेको प्रगति देखेर डाहा गर्ने रिस गर्ने राम्रा सृजनालाइ पछाडि पार्न खोज्ने र खुट्टा तान्ने प्रबृती नै सङ्गीत क्षेत्र भित्रको विकृति भन्न मिल्छ ।

प्रश्ना पाण्डे (गायिका):संस्कार सिक्न जरुरी छ नयाँ देखि पुरानो पनि कतिपय कलाकारले, आफूसँग पैसा हुन्जेल मोजमस्ती गर्ने नहुदा भिज्या जस्तो गरी हिडने स्वभावले कलाकारकाे नै मान हानी भएकाे देखिन्छ। यो कुरामा ध्यान दिन जरुरी छ।

मरिचमान श्रेष्ठ ‘ बल्छी धुव्रे’ (हास्य कलाकार):बिना साधना अथवा प्रतिभा बिना मान्छे रू पैसाको भरमा कलाकारिता क्षेत्रमा आउनु समाजमा नपच्ने खालका शब्दहरू गीतमा राख्नु , परिवार सँग बसेर हेर्न नमिल्ने खालका भिडियो निमार्ण गर्नु नै ठुलो विकृति हो , मेरो बिचारमा YOUTUBE, टिभी, रेडियोमा बजाउनु अघि सेन्सर हुनु जरुरी छ ।

ज्योति लोहनी गुरुङ्(गायिका):पछिल्लो समय जुन गीतमा छाडा शब्द प्रयोग गरिन्छ अनि गीतको शब्द र कथा एकातिर हुन्छ भिडियो निर्माण आर्कै हुन्छ । अरूको कपि गरिन्छ त्यो नै ठुलो विकृति हो जस्तो लाग्छ मेरो बिचारमा समाजमा पच्ने खालको गीत निकाल्नु पर्‍यो ता कि परिवार सँग बसेर हेर्न र सुन्न सकियोस ।

प्रेम सापकोटा ( सोनु) गायक:सङ्गीत क्षेत्रको विकृति भनेकै जसले जसो गरेपनि हुने ।।कलाकारलाई मार्ने पाईरेसि।।त्यही पाईरेसि रोक्न भनेर गठन भएका केही सङ्घ संस्था नै पाईरेसिमा संलग्न हुनु दुखद पक्ष।।कलाकारको हिसाबमा चर्चा कमाउने ध्याउन्नले जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने।जस्तो चलेका गीतको शब्द सङ्गीत चोर्ने देखि दुअर्थि शब्दको प्रयोग।

सिलु भट्टराई (गायिका):समय अनुकूल कथाबस्तु अनि गीत सङ्गीतमा परिमार्जन हुनु अन्यथा मान्नु हुँदैन त्यो एक समयको माग पनि हो । सूचना र प्रविधिको विकास सङ्गै डिजिटल बजारमा आज-भोलि लोक सङ्गीत परिमार्जित पनि भएका छ्न तर परिमार्जन भन्दै आधुनिकताको नाममा परिवार सँग बसेर हेर्नै नमिल्ने सुन्नै नमिल्ने खालका गीत आउनु वा जुन पछिल्लो समय निर्माण भएका केही भिडियो छन् त्यो नै मुख्य विकृति हो ।