सुखडमा कृषी संकलन केन्द्रको उद्घाटन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुखडमा कृषी संकलन केन्द्रको उद्घाटन



विशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा निमार्ण गरिएको कृषी संकलन केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

कृषकहरुको उत्पादनलाई बजारीकरण गरी मानिसहरुलाई कृषी पेशा तर्फ आकर्षित गराउने उदेश्यले बनाइएको कृषि संकलन केन्द्र निर्माणको लामो समयपछि संचालन आएको हो । कृषि संकलन केन्द्र संचालनमा आएसंगै अब घर घरमा तरकारी बेच्न हिड्नु पर्ने बाध्यता टरेको भन्दै कृषकहरु खुशी भएका छन् ।

उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मनराज शाही प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै वडाध्यक्ष शाहीले किसानहरुले उत्पादन गरेका बस्तुहरुलाइ बिक्रीवितरण गर्न सजिलो होस भनेर उक्त संकलन केन्द्रको स्थापना गरेको बताउनु भयो । कृषी संकलन केन्द्र संचालन भएसंगै ताजा तरकारी खान पाईने भन्दै सबै किसान तथा उपभोक्ताहरुलाई संकलन केन्द्रमा गएर तरकारीहरु खरिद बिक्रि गर्न अध्यक्ष शाहीले आग्रह गर्नुभयो । कृषकहरुको आय स्तर उकास्नका लागी आगामी दिनमा अरु वडाहरुमा पनि संकलन केन्द्रको स्थापन गर्ने बताउदै अध्यक्ष शाहीले कृषी हाटबजार ब्यवस्थापन समितीलाई आफुले जस्तो सुकै सहयोग गर्न पनी तयार रहेको बताउनु भयो ।

त्यस्तै बिशिष्ट अथितिको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका कृषी शाखा प्रमुख चक्र भाटले कृषी संकलन केन्द्र संचालन भए संगै अव कृषकहरुको उत्पादनले बजार पाउने र खरीद बिक्रि गर्न सहज हुने बताउनु भयो । आर्थिक बर्ष २०७४/०७५ मा घोडाघोडी नगरपालिका कृषि शाखाको १३ लाख रकमबाट उक्त संकलन केन्द्रको निमार्ण गरीएको थियो ।

घोडाघोडी नगरपालिका स्तरीय कृषक समन्वय समितीका अध्यक्ष उज्वल सिंह बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कृषि शाखाकी सुमित्रा शाही , पत्रकार तथा १२ वटै वडाका कृषकहरुको समेत उपस्थिती रहेको थियो ।

नगरपालिका स्तरीय कृषक समन्वय समितीकी सदस्य आशा रानी चौधरीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको संचालन समितीका सचिव धनिराम सुबेदीले गर्नु भएको थियो ।