सुखडमा जनरल स्टोर सञ्चालन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सुखडमा जनरल स्टोर सञ्चालन



बिशाल पाण्डेय / सुखड ,कैलाली ।

कैलालीको घोडाघोडि नगरपालिका- १ सुखडमा आजदेखी जनरल स्टोर संचालनमा आएको छ । सुखड बजार क्षेत्रमा रहेको मालिका खाद्य स्टोरले आफ्नो शाखा बिस्तार गरि मालिका जनरल स्टोरको नाम ले संचालनमा ल्याएको हो ।

जनरल स्टोरको घोडाघोडि नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष होम प्रसाद आचार्य र घोडाघोडि बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशिले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

जनरल स्टोर संचालनमा आएसङ्गै परिवारका लागि आवश्यक पर्ने हरेक सामानहरु अब एउटै छानामुनिवाट पाउन सक्ने गरी पसल खुलेको हुँदा आफुहरु खुशी रहेको ग्राहक तथा स्थानीय बासिन्दा दिपेश सापकोटाले बताए । उनले भने , ‘समयको बचत सङ्गै गुणस्तरिय सामान पाइनेमा म ढुक्क छु ।’

त्यस्तै , ‘थरी थरी सामान किन्न बजारको पसल पसल चाहार्न पर्ने बाध्यताको अन्त्य भएको र मानिसलाई दैनिक आबश्यक पर्ने सामानहरु एकै ठाउमा पाइने हुँदा सजिलो भएको ग्राहक अनिता चौधरीले बताइन ।’

मानविय आवश्यकता र समयलाई मध्यनजर गर्दै एउटै छानामुनि सवै किसिमका दैनिक उपभोग्य सामाग्रिहरु सुपथ मुल्यमा बिक्रि गर्ने उद्देश्यले घोडाघोडी क्याम्पसरोडमा पसल संचालनमा ल्याएको संचालक गोपाल प्रसाद चापागाईले बताए । साथै चापागाईंले करिब १७ लाख बराबरको लगानिवाट ब्यवसाय सुरु गरेको बताए । उनले भने , ‘ ब्यवसायलाई ग्राहकको माग र सन्तुष्टिलाई मध्यनजर गर्दै विस्तार गर्दे लैजाने छु ।’

उक्त स्टोरमा सम्पुर्ण खाद्यान्न सामाग्रि ,भान्साकालागि आबश्यक पर्ने भाडाकुडा ,कस्मेटिक सामान,सरसफाई लगायत बच्चाहरुकालागि आवश्यक सामानहरु राखेको जानकारी दिए । यता मुख्य पसल मालिका खाद्य स्टोर एन्ड सप्लायर्स ले २०७१ साल देखी किराना तथा दैनिक उपभोग्य सामानहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।